राधिकाले सल्लाघारीमा स्थापना गरिन सुविधा सम्पन्न एस आर ब्युटिपार्लर

नेपालबहस संवाददाता
बैशाख १६, २०७९ शुक्रबार १७:४९:५९

१५ बैशाख, काठमाडौं । भक्तपुरकी चर्चित ब्युटिसियन राधिका थापामगर श्रेष्ठले आफ्नो ब्युटीपार्लर ‘एस आर ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर’को दोश्रो शाखा भक्तपुरको सल्लाघारी स्थित कटुन्जे जाने सडकमा सञ्चालनमा ल्याएकी छिन् । उनको यो नयाँ ब्युटिपार्लर एस आर ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरको बिहिबार बरिष्ट ब्युटिसियन तथा रोज शिप बिकाश तालिम केन्द्रकी अध्यक्ष सोनी कारँजित, अग्रज ब्युटिसियन रुस्का श्रेष्ठ बैध, ब्युटिसियन पुनम श्रेष्ठले रिवन काटेर सँयुक्त बिमोचन गरे ।
उद्घाटन समारोहमा त्यसपछि बरिष्ट ब्युटिसियन सोनी कारंजित र रुस्का श्रेष्ठ बैधले पानसमा बत्ति बालेर सो पार्लरको शुभारम्भ गरे ।
बिगत ११ वर्षदेखि ब्युटिसियन पेशामा निरन्तर सक्रिय राधिका भक्तपुर क्षेत्रकी सफल र चर्चित ब्युटिसियन हुन् । सल्लाघारी चौकमा उनले यस अघि एस आर ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर सञ्चालन गरेर त्यहाँका ग्रहकहरुको मन जित्दै आएकी थिईन् । सोही सफलता पश्चात अहिलेको नयाँ ब्युटिपार्लर निकै सुविधा सम्पन्न र सबै आधुनिक सेवाहरु समावेश गरेर स्थापना गरेको पनि उनले बताएकी छिन् ।
सो समारोहमा बोल्दै बरिष्ट ब्युटिसियन सोनी कारँजितले एक दशक भन्दा लामो समयदेखि ब्युटिसियन पेशामा सक्रिय राधिकाले समय अनुसार आफुलाई परिमार्जन गर्दै सल्लाघारी क्षेत्रमा उत्कृष्ट सेवा दिन सफल भएको बताईन् । उनलाई नयाँ पार्लरको अझ धेरै सफलताको शुभकामना पनि बरिष्ट ब्युटिसियन सोनीले ब्यक्त गरिन् ।
यस्तै अर्की अग्रज ब्युटिसियन रुस्का बैध श्रेष्ठले पनि राधिकालाई नयाँ पार्लर दोश्रो ब्रान्च स्थापनाको शुभकामना दिँदै आफ्ना कैयौं विधार्थीहरुमा राधिकाले अत्यन्त राम्रो प्रगति गरेको बताईन् । अहिलेको सबै सुविधा राधिकाको एस आर पार्लरमा भएकाले सबैलाई त्यहाँ गरेर ब्युटी सम्बन्धि सेवा लिन आग्रह गरिन् । जिल्ला विकाश समिति भक्तपुरका अध्यक्ष दीपक थापाले पनि राधिकालाई नयाँ पार्लरको सफलताको शुभकामना दिए ।
सो उद्घाटन कार्यक्रममा अग्रज ब्युटिसियन कमला सिग्देल, रचना शाक्य, रिना अवाले, पत्रकार सूर्य चन्द, एनफाका उपाध्यक्ष सुन्दर थापा, गायिका तथा सञ्चारकर्मी सरिता भारतीलगायतले पनि राधिकालाई बधाई दिँदै सो पार्लरको सफलताको शुभकामना दिए । उद्घाटन समारोहमा केक काटेर सेलिब्रेसन गरिएको थियो । अहिलेको हेयर केयर, हेयर कटिङ, कलरिङ, स्ट्रेटिङ, केराटिन ट्रिटमेन्ट सहित फेसियल, नेल आर्ट, मेनी केयर, पेडी केयर, डिप्लोमा सम्म ब्युटी सम्बन्धी सम्पूर्ण कोर्षको प्रशिक्षणलगायत सम्पूर्ण हेयर र स्किन केयर सम्बन्धि सुविधा आफ्नो पार्लरमा रहेको पनि राधिकाले सो क्रममा बताईन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि
फागुन २, २०८१ शुक्रबार
एडिडासलाई १५ हजार डलर जरिवाना
फागुन २, २०८१ शुक्रबार
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
माघ २१, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार