बुटवलको सडक विस्तार बन्याे चुनावी मुद्दा
नेपालबहस संवाददाता
बैशाख १६, २०७९ शुक्रबार १८:३०:२४
१६ वैशाख, बुटवल । बुटवल उपमहानगरपालिकाका उम्मेदवारहरूले बुटवलको सडक निर्माणलाई मुख्य एजेण्डा बनाएका छन् । कांग्रेसको तर्फबाट बुटवल उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार खेलराज पाण्डेले बुटवलको सडक निर्माणलाई मुख्य एजेण्डा बनाएका छन् ।
‘बुटवलको चौराहादेखि चिडियाखोलासम्मको धुलाम्मे सडक मर्मत गरी सडकलाई नमुना बनाउँछु,’ उनले भने । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकमा ८२ फुटभित्र संरचना निर्माण गरेका घरधनीले सडक विस्तारमा अवरोध गर्दा कांग्रेसका अधिकांश नेताले साथ दिएका थिए । गृहमन्त्री बालकृष्ण खाँणले पनि त्यतिबेला बुटवललाई उजाड बनाउने गरी सडक निर्माण गर्न नहुने बताएका थिए ।
अहिले स्थानीय तह निर्वाचनमा नेताहरुले आफूहरूले चुनाव जिते सडक निर्माणलाई टुंगोमा पुर्याउने बताएका छन् । २४ चैत २०७५ मा करिब एक सयको संख्यामा सडक आयोजनालाई सडक विस्तार नगर्नको लागि दवाव दिन आयोजनाको कार्यालय मणिग्राममा पुगेका घरधनीसँग पाण्डेसहित अन्य कार्यकर्ताहरू समेत पुगेका थिए । तर, पछि सर्वोच्च अदालतले २० पुस २०७७ मा दिएकाे आदेशले सडक विस्तारको काम खुला गरिदिएपछि भने सडक क्षेत्र ओगटेर बनाइएका घरहरू भत्काउनुको साथै सडक विस्तार थालिएको थियो ।
साढे तीन किलोमिटरको यो सडक निर्माणको ठेक्का पाँच वर्षअघि नै द कञ्चनजंघा बिरूवा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको थियो । कम्पनीका सञ्चालक सुमित श्रेष्ठले सडक विस्तारको काम अघि नबढाउँदा बुटवलको सडक डेढ वर्षदेखि अस्तव्यस्त छ । ‘ठेकेदारले पनि सडक बिस्तारमा राजनीति गरे, काम अघि नबढाउँदा समस्या भयो,’ सडक आयोजनाका एक कर्मचारीले भने ।
संघ सरकारअन्तर्गत बन्दै गरेको सडकलाई बुटवल उपमहानगरपालिकाले बनाएन भन्दै कांग्रेस लगायत गठबन्धनका स्थानीय कार्यकर्ताहरूले उपमहानगरपालिकाको नेतृत्वको आलोचना गर्दै आएका छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले चौराहदेखि गोलपार्कसम्मको सडक संघ सरकार मातहतको भएको र छिटो सम्पन्न गर्न दबाब दिनुबाहेक उपमहानगरपालिकासँग अरू अधिकार नभएको बताउँदै आएका छन् ।
बेलहिया–बुटवल सडक आयोजनाकी निमित्त प्रमुख इन्जिनियर सविता ज्ञवालीले अहिले सडकको दुवैतर्फ नालीको काम भइरहेको र ठेकेदारले अस्पताल लाइन क्षेत्रमा वैशाखभरीमा कालोपत्रे सक्ने भनेर सम्झौता गरेको बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार