लोसपाको चुनावी घोषणा पत्र सार्वजनिक, गठबन्धन निर्वाचनकै मजाक: महतो
नेपालबहस संवाददाता
बैशाख १६, २०७९ शुक्रबार १९:५०:४४
१६ वैशाख, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार पार्टी कार्यालय बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा लोसपाले नेपाल एक बहुराष्ट्रिय मुलुक भएको जनाएको छ । नेपालको विविधता नेपालको सौन्दर्य मात्र नभई नेपालको शक्ति पनि भएको लोसपाले बताएको छ ।
‘तर विडम्बना, विविधतायुक्त नेपालको यो सौन्दर्यलाई रुचाउन नसकेका, विविधतामा अन्तरनिहित नेपालको यो शक्तिलाई मनन् गर्न नसकेका र नेपाललाई सबैको साझा बनाउने र नेपालप्रति सबैमा अपनत्व जगाउनुको सट्टा केही पक्ष र पात्रहरुद्वारा नेपालको विविधताभित्र विभेद, विद्वेष र विभक्तिको खेल खेली नेपालको अद्वितीय सामाजिक विन्यासलाई कुरुप पार्ने चेष्टा गरियो । फलस्वरुप, नेपाल भौगोलिक रुपमा एक भएता पनि यो भावनात्मक रुपमा एक हुन सकेन,’ लोसपाले घोषणापत्रमा भनेको छ ।
घोषणापत्रमा नेपालको लागि सबैभन्दा ठूलो चुनौती सबै अटाउने साझा राष्ट्रवादको भावनाका साथ एक समृद्ध लोकतान्त्रिक राजनीतिक प्रणाली निर्माण गर्नु रहेको उल्लेख गरिएको छ ।
मुलुकको क्षेत्रीय, सामुदायिक, धार्मिक र जातीय विविधता एवम् भौगोलिक र अन्य कारणले फरक हुन गएका राष्ट्रहरुलाई एकै राज्यमा स–सम्मान आत्मसात् गर्दै राष्ट्र–राज्य निर्माणको दिशामा अग्रसर हुनुपर्ने लोसपाले जनाएको छ ।
‘असमावेशीताले असमानता, असमानताले विद्रोह र विद्रोहले अस्थिरतालाई जन्म दिन्छ,’ घोषणापत्रमा भनिएको छ ।
नेपालको वर्तमान संविधानले समावेशितालाई सैद्धान्तिक रुपमा स्वीकार गरेता पनि परम्परागत विभेदकारी राज्य–व्यवस्था, अहंकारी शासकवर्ग, पूर्वाग्रही प्रशासन र अझैसम्म अस्तित्वमा रहेको जातीय संकीर्णताका कारणले समावेशिताको यात्रा लक्ष्य अनुरुप अघि नबढेको लोसपाले जनाएको छ ।
घोषणपत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, स्वास्थ्य उपचार निःशुल्क गर्ने लगायको व्यवस्था गरिएको छ । कार्यक्रममा घोषणपत्र सार्वजनिक गर्नु आफ्नो बाध्यता भएको वरिष्ठ नेता राजेन्द्र महतोले बताए ।
आफूहरु स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने पक्षमा रहेको तर, बाध्य भएर स्थानीय तहको विर्नाचन समेत जारी गर्नुपरेको भन्दै स्थानीय निर्वाचन दलीय आधारमा हुन नहुने धारणा राखे ।
महतोले आजको घोषणा पत्र पार्टीको एउटा निर्देशन मात्रै भएको र स्थानीय पालिकाले आफ्नो छुट्टै घोषणा पत्र सार्वजनिक गर्ने बताए । महतोले निर्वाचनकै मजाक हुनेगरी सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेको टिप्पणी गरे ।
उनले निर्वाचनमा जनताले पार्टीलाई मत दिने भएपनि सत्तारुढ दलहरुले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेको आरोप लगाए । उनले सत्तारुढ दलहरु चुनावमा जाँदा जनताले कुन पार्टी भनेर बुझ्ने भन्ने प्रश्न समेत गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार