वीरगञ्जमा सत्ता गठबन्धनका उम्मेदवारहरुकाे संयुक्त घरदैलो अभियान सुरु
आबिद हुसेन
बैशाख १६, २०७९ शुक्रबार २०:२१:३५
१६ वैशाख, वीरगञ्ज । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारहरुले संयुक्त घरदैलो अभियान सुरु गरेका छन् ।
गठबन्धनले शुक्बार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का विभिन्न टोलमा मेयर, उपमेयर र वडा अध्यक्षका उम्मेदवारसहित चुनावी घरदैलो अभियान शुरु गरेको हो ।
अभियानमा जनता समाजवादी पार्टीको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह, नेपाली कांग्रेसबाट उपमेयर पदका उम्मेदवार इम्तियाज आलम, सङ्घीय सांसद् प्रदीप यादवलगायत जसपा र कांग्रेसका कार्यकर्ताहरुले घरघरमा मतदाताहरु भेट्दै गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका थिए ।
निर्वाचन मिति नजिकिंदै गठबन्धनका साझा उम्मेदवारहरुले सुरु गरेको घरदैलोबाट वीरगञ्जको माहोल परिवर्तन भएको छ । विपक्षीहरुले गठबन्धनका साझा उम्मेदवारहरु एक ठाउँमा आउन नसक्ने भनिरहँदा आज भएको संयुक्त घरदैलोले उनीहरुको मुख बन्द भएको जसपाका नेता मुकेश द्विवेदीले बताए ।
‘वडा १६ बाट हामी गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो सुरु गरेका छौँ, मतदातहरुको घर घरमा पुगेर मत माग्न शुरु गरिसकेका छौं । हामी नेता, कार्यकर्ता मात्र होइन, मतदाता जनता पनि धेरै उत्साहित छन्,’ जसपाबाट मेयर पदका उम्मेदवार राजेशमान सिंहले भने ।
घरदैलो अभियानमा जसपा र कांग्रेसका नेता कार्यकर्ताहरुले मेयरमा छाता र उपमेयरमा रुख छापमा मात्र मतदान गर्न मतदाताहरुसँग आग्रह गरिरहेका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गठबन्धनका उम्मेदवार जिते मात्र वीरगञ्जमा समृद्धि आउन सक्ने बताउँदै भने, ‘एमाले मधेश विरोधी पार्टी हो । मधेशको विकासमा एमालेबाट अपेक्षा गर्न मुर्खता हुन्छ । त्यसैले पनि सबैले मिलेर गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन आवश्यक छ ।’
सङ्घीय सांसद् प्रदीप यादवले गठबन्धनका उम्मेदवारहरुले संविधान विरोधी तत्वहरुलाई पराजित गर्ने विश्वास व्यक्त गरे । गठबन्धन जितेर आए मात्र देशमा ठोस नीति, कार्यक्रम, दिगो विकास र शान्ति कायम हुने बताए ।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, पूर्व उपसभापति प्रकाश उपाध्याय, कांग्रेसका नेता श्याम पोखरेल, जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल, विष्णु पटेल, जसपा वडा एकाई कमिटिका अध्यक्ष अरुण यादव लगायत जसपा र कांग्रेसका बहुमत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । स्थानीयहरुले पनि गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउने आश्वासन दिएका थिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार