नेकपाको विरासत बोकेको हुँनाले एकीकृत समाजवादीका ३५ जना निर्विरोध भइसकेः माधव नेपाल
नेपालबहस संवाददाता
बैशाख १६, २०७९ शुक्रबार २२:१९:१२
१६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको विरासत आफ्नो पार्टीले बोकेको दाबी गरेका छन् । नेपालले विरासत बोकेकै कारण आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताएका छन् ।
पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनले नेकपाको विरासत एकीकृत समाजवादीले बोकेको दाबी गरेका हुन् । एमाले बिग्रिएपछि एकीकृत समाजवादी जन्मिएको र यसैले नेकपाको विरासत बोकेको अध्यक्ष नेपालको भनाइ छ ।
कम्युनिष्ट आन्दोलनको रक्षा गर्न एकीकृत समाजवादी जन्मिएको बताउँदै उनले कम्युनिष्ट सिद्धान्तको रक्षा गर्न, आन्दोलनलाई जोगाउन र क्रान्तिकारी भावनालाई जोगाउन एकीकृत समाजवादी पार्टी गठन गरिएको जिकीर गरे ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको अध्यक्ष नेपालको दाबी छ ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको बताएका हुन् ।
उनले एकल उम्मेदवारी परेसँगै पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएको बताए । उनले भने, ‘यो चुनावको निम्ति मनोनयन दर्ताको समयमा निर्विरोध रुपमा मनोनयन दर्ता भएका केही व्यक्तिहरु मध्ये हाम्रो पार्टीसँग जोडिएका, नेकपा(एकीकृत समाजवादी)सँग जोडिएका, २ जना गाउँपालिकाका अध्यक्षहरु निर्विरोध निर्वाचित भए । प्रतिस्पर्धा गर्न कसैले आँट गरेन उहाँहरूसँग ।’
उनले गठबन्धनमा आवद्ध दलहरु सामुहिक रुपमा अगाडी बढ्नुपर्ने बताए । उनले गठबन्धनभित्रका दलले अहंकार राख्नु नहुने र वस्तुनिष्ठ भएर चल्नुपर्ने बताए । स्थानीय तह निर्वाचनको उम्मेदवारीमा कतिपय ठाउँमा तलमाथि भएको सन्दर्भमा गठबन्धनभित्र समिक्षा हुने पनि अध्यक्ष नेपालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार