बागी उम्मेदवारमाथि दलका नेता र राज्यसत्ताको दबाव ठिक भएनः प्रमुख निर्वाचन आयुक्त
नेपालबहस संवाददाता
बैशाख १६, २०७९ शुक्रबार २३:३७:५०
१६ वैशाख, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहका विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारलाई विभिन्न राजनीतिक दलका नेता र राज्यसत्ताबाटै दबाव दिनु गलत भएको बताएका छन् ।
उनले स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई विभिन्न राजनीतिक दलका नेताले धम्की, त्रास र चेतावनी दिएको गोप्य सूचना आइरहेको भन्दै यस्तो कुरा निर्वाचन आयोगका लागि सह्य नहुने बताएका छन् ।
शुक्रबार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरुको लागि अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रममा उनले लोकतन्त्रलाई विश्वास गरेर निर्वाचनमा गएको हो भने लोकतन्त्रमा चुन्ने र चुनिन पाउने अधिकारलाई कुनै पनि हालतमा कुण्ठित गर्न नमिल्ने स्पष्ट पारे ।
उनले संयमित भएर राजनीतिक दल र उम्मेदवारहरुले स्थानीय तह निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुपर्नेमा स्वतन्त्र उम्मेदवारहरुलाई धम्की दिनु उचित नभएको बताए । थपलियाले कुनै पनि किसिमको दबाव, त्रास, प्रलोभन, कुनैपनि किसिमको कारबाहीको धम्की वा शक्तिको प्रयोग गरेर उम्मेदवारमाथि दबाव दिए लोकतन्त्रविरोधि गतिविधि हुने बताए ।
उनले भने, ‘आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन छ । यसपछि भोलि सबै छानबिन गरेर हामीले उम्मेदवारको अन्तिम सूचि प्रकाशित गर्नेछौँ । म सुन्दैछु, यसमा पनि डर, त्रास, धाक, धम्की दिएर जबरजस्ती रुपमा उम्मेदवारी फिर्ता दिलाउने किसिमका अभ्यासहरु भइरहेका छन्, उम्मेदवार र उसको परिवारलाई उम्मेदवार भयौ भनेदेखि अलिकति गाह्रो हुन्छ भन्ने किसिमका कुराहरु गरिंदै छन् भन्ने गोप्य सूचना हामीलाई प्राप्त भएको छ, हामीले विज्ञप्ती निकाल्ने छौँ ।’
उनले प्रचारप्रसारका सामग्रीहरु बनाउँदा पनि आरोप, प्रत्यारोप र अवाञ्छित गतिविधिका सामग्रीहरु प्रसारण गर्न नहुनेतर्फ पनि सचेत गराए । थपलियाले स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरुले मतपत्र कडा कागजमा छापिएकोले च्यात्छु र चपाउँछु भन्ने सोच नराख्न पनि आग्रह गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरुले समानुपातिक समावेशीता सिद्धान्त र ऐन, कानूनलाई बिर्सिएर स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार