गभर्नरको मुद्दामा सर्वोच्चले भन्यो:- प्रथम दृष्टिमै पूर्वाग्रही र बदनीयतपूर्ण देखियो
नेपालबहस संवाददाता
बैशाख १६, २०७९ शनिबार १:१:२
१६ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट निलम्बन गर्ने निर्णयलाई सर्वोच्च अदालतले प्रथम दृष्टिमै ‘पूर्वाग्रही र बदनीयतापूर्ण’ ठहर गरेको छ ।
सुविधा र सन्तुलनको दृष्टिले पनि अधिकारीलाई बढी मर्का देखिएको भन्दै मुद्दाको अन्तिम निर्णय नभएसम्म गभर्नर पदबाट निलम्बनका लागि २४ र २५ चैतमा भएको प्रक्रियासहितको निर्णयसँगै अधिकारीको नाममा गरिएको पत्राचार कार्यान्वयन नगर्न आदेश दिएको छ ।
न्यायाधीशहरू सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले शुक्रबार मुद्दाको सुनुवाइ गर्दै उक्त आदेश दिएको हो । इजलासले ६ वैशाखमा जारी गरेको अन्तरिम आदेशलाई पनि निरन्तरता दिएको छ ।
न्यायाधीशद्वयले पूर्व गभर्नर डा। तिलकबहादुर रावल, डा। दीपेन्द्रबहादुर क्षेत्री र संगीता भण्डारीको मुद्दामा यसअघि सर्वोच्चले नै प्रतिपादन गरेको नजिरलाई पनि टेकेर अधिकारीको मुद्दामा आदेशमा दिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार