आईपीएल क्रिकेटमा लखनउसँग पन्जाब २० रनले पराजित
नेपालबहस संवाददाता
बैशाख १७, २०७९ शनिबार १२:१२:१४
१७ वैशाख एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जाइन्ट्सले पन्जाब किङ्सलाई २० रनले पराजित गरेको छ ।
सुरुमा ब्याटिङ गरेको लखनउले दिएको १ सय ५४ रनको लक्ष्य भेट्न नसक्दा पन्जाब पराजित भएको हो । उसले पूरै २० ओभर खेल्दा ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि जोनी बेयर्सटो ३२, कप्तान मायांक अग्रवाल २५, ऋषि धवनले २५ रन बनाए भने लियाम लिभिङस्टोनले १८ रन जोडे ।
लखनउका मोसिन खानले तीन, दुश्मन्था चामिरा र कुर्नाल पान्डयले दुई/दुई विकेट लिए । लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन जोडेको थियो । उसका लागि क्विन्टन डी कक ४६, दीपक होडाले ३४ रन बनाउँदा पन्जाबका कागिसो राबडाले ४ तथा राहुल चाहरले २ विकेट हात पारेका थिए ।
यो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा पुगेको लखनउले ८ खेलमा १२ अंक जोडेको छ । पाँचौ स्थानको पन्जाबले ९ खेलमा ८ अंक जोडेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार