कांग्रेसका बागीको टिप्पणी, ‘देउवा पार्टीको नीति, सिद्धान्त र बीपीको आदर्शबाट च्युत भए’
नेपालबहस संवाददाता
बैशाख १७, २०७९ शनिबार १५:४९:५४
१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय आग्रहलाई अश्विकार गर्दै चितवनको भरतपुर महानगपालिकाबाट बागी उम्मेदवारी फिर्ता नलिएका कांग्रेस नेता जगन्नाथ पौडेलले पार्टी सभापति शेरबहादुर देउवा सिद्धान्त र नीतिहिन भएको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमाफर्त नेपाली कांग्रेसको मुल्य, मान्यता र आदर्शबाट सभापति देउवा बाहिर गएकाले कांग्रेसको अस्तित्वका लागि पनि आफुले उम्मेदवारी दिएको बतएका छन् । उनले आफ्नो उम्मेदवारी कांग्रेसको उम्मेदवारबिरुद्ध नभएको बताउँदै आएका थिए ।
उनले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोश पोख्दै देउवा पार्टीको नीति, सिद्धान्त र बीपीको आदर्शबाट च्युत भएको टिप्पणी पनि गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्, ‘भरतपुर निवासी कांग्रेसीजन हामी सबै विपीको आदर्श र सिद्धान्तमा अडिग छौं । हाम्रो जीत सत्ताका निमित्त सौदाबाजी गर्ने र आफ्नो नीति र सिद्धान्त तिलाञ्जली दिने नेतृत्वको प्रवृत्तिप्रति गतिलो झापड हुनेछ ।’
देउवाले उनलाई पटक पटक बागी उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए । गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई सम्झाइ बुझाइसहित आश्वासन दिन पौडेलकै घर चितवन पठाए । तर, उनी फकिएनन् । बागी उम्मेदवारी फिर्ता लिएनन् । नलिएपछि उनलाई शुक्रबार नै कांग्रेसले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ ।
देउवाप्रति आक्रोशित हुने अर्का बागी उम्मेदवार हुन् विमल कार्की । पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका उनले देउवाले कांग्रेसीजनको भावनालाई कदर नगरेर गलत ढंगले निर्वाचनमा तालमेल गरेको बताएका छन् । उनले देउवाले गरेको गल्तीको भागिदार नहुने पनि बताए । बागी उम्मेदवारी फिर्ता नलिएपछि उनी पनि कारबाहीमा परेका छन् ।
सभापति देउवाले बिहीबार बागी उम्मेदवारी फिर्ता लिन अपिल जारी गरेका थिए । अपिलमै उनले फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका थिए । शुक्रबार बिहान पनि पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै फिर्ता लिन आग्रह गरेको थियो । धेरै ठाउँमा नलिए पनि प्रमुख दुई महानगरपालिकामा बागी उम्मेदवारी दिएका पौडेल र कार्कीले भने नलिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार