स्थापितको उम्मेदवारी रद्ध गरी कारबाही गर्न महिला अधिकारकर्मीहरुको माग
नेपालबहस संवाददाता
बैशाख १७, २०७९ शनिबार १६:५३:५७
१७ वैशाख, काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएका केशव स्थापितमाथि महिला अधिकारकर्मी लगायत विभिन्न संघ संस्थाहरुले कारबाही गर्न माग गरेका छन् ।
स्थापितले महिलामाथि असम्वेदनशील, गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको र सार्वजनिक स्थानमै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गर्दै आएको भन्दै उनलाई पार्टी र सम्बन्धित निकायले तुरुन्त कारबाही गरी मेयरको उम्मेदवारी रद्द गराउनुपर्ने माग गरिएको छ ।
एनका अभिव्यक्ति र व्यवहारलाई लिएर ४५ वटा महिला अधिकारवादी संघ संगठनले कारबाही गर्न माग गरेका हुन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी भावना राउतको प्रश्नपछि उत्तेजित हुँदै स्थापितले दिएको अभिव्यक्तिलाई ती संघ संगठनले महिलालाई होच्याउने, चरित्र हत्या गर्ने र असंवेदनशील भएको रूपमा टिप्पणी गरेका छन् ।
स्थापितले कार्यक्रममा भनेका थिए, ‘यु आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन । यो बहिनीले बेश्यावृत्ति गर्छ भनेर म पनि छपाउँ ? । राउतले स्थापित यौन दुव्र्यहारको आरोपमा मुछिएको प्रसङ्ग जोड्दै महिला सुरक्षासँग जोडिएको प्रश्न गरेकी थिइन् ।
यस्तै, स्थापितसँग एउटै मन्च शेयर नगर्न पनि कतिपय महिला अधिकारकर्मीहरूले कांग्रेसबाट प्रमुख पदकी उम्मेदवार सिर्जना सिंह र विवेकशील साझा पार्टीकी उम्मेदवार समीक्षा बास्कोटालाई सुझाउन थालेका छन् ।
चार वर्षअघि काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मिला प्रजापतिले महानगरपालिकामा आफूमाथि दुर्व्यवहारको प्रयास भएको सार्वजनिक गरेकी थिइन् । ‘स्थापितको उद्देश्य पूरा हुन नसक्दा मैले मेरो जागिर पनि गुमाउनुपरेको थियो’ प्रजापतिले भनेकी थिइन् । ’
महिलाहरुले आफूमाथि भएको हिंसाबारे आवाज उठाउँदै मीटू अभियान चलाइरहेका बेला स्थापितमाथिको यो आरोप सार्वजनिक भएको थियो । त्यति नै बेला पूर्वपत्रकार उज्ज्वला महर्जनले पनि सन् २०१२ मा स्थापितले आफूलाई दुव्र्यवहार गर्न खोजेको सार्वजनिक गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार