पोखरा महानगरमा ५ मेयरसहित ११९ ले लिए उम्मेद्वारी फिर्ता
नेपालबहस संवाददाता
बैशाख १७, २०७९ शनिबार १९:६:११
१७ बैशाख, पोखरा । पोखरा महानगरपालिकाका ५ जना मयेर र ३ जना उपमेयरका उमेद्वारसहित ११९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मयेरमा उमेद्वारी फिर्ता लिनेमा तीन जना दलका उमेद्वार छन् भने दुई जना स्वतन्त्र उमेद्वार छन् ।
नेपाली कांग्रेसका बागी उमेद्वारी दिएका नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले उमेद्वारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, नेपालका लागि नेपाली पार्टीका रोशनी बानियाँ र राप्रपा नेपालका गोविन्द गुरुङले पनि उमेद्वारी फिर्ता लिएका छन् ।
त्यसैगरी उपमेयरमा मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर तामाङ, राप्रपा नेपालका चिना दवाडी र नेकपा माओवादी समाजाबादीका इन्द्र सुनारले उमेद्वारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ । मंगोल नेशनल अर्गनाइजेसन र नेकपा माओवादी समाजवादीका उम्मेद्वारहरु भने दुवै पदमा पुरुष भएका कारण फिर्ता लिएका हुन् ।
पोखरा महानगरका वडाध्यक्षमा उम्मेद्वारी दिएका ३० जनाले फिर्ता लिएका छन् । त्यसमध्ये २१ जना पार्टीबाट वडा अध्यक्षमा उमेद्वारी दिने छन् भने ९ जना स्वतन्त्र छन् । त्यसैगरी वडा सदस्यमा ८१ जना वडा सदस्यहरुले नाम फिर्ता लिएका छन् ।
कतिपय उम्मेदवार आफैले उमेद्वारी फिर्ता लिएका छन् भने केहीलाई पार्टीले फिर्ता गराएको छ । पोखरा महानगरपालिकाको मयेर पदका लागि २३ जनाले प्रतिस्पर्धा गर्नेछन् भने उपमेयरका लागि ८ जनाले प्रतिस्पर्धा गर्नेछन् । अधिकांश उम्मेद्वारको उम्मेद्वारी पार्टीले फिर्ता लिएको बताईएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार