तिलोत्तमामा एमालेले सबै माद्यामिक विद्यालयमा नर्स कार्यक्रम विस्तार गर्ने
नेपालबहस संवाददाता
बैशाख १७, २०७९ आइतबार ०:४२:३
१७ वैशाख, बुटवल । एमालेले रुपन्देहीको तिलोत्तमाका नगरपालिकाका सबै माद्यामिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू गर्ने योजना अगाडि सारेको छ ।
विद्यार्थीको स्वास्थ्य चेकजाँचलाई मध्यनजर गर्दै एमालेले उक्त योजना अघि सारेको जनाएको हो । चुनावी प्रतिबद्धता पत्रमार्फत एमालेले नर्स कार्यक्रम लागू गरी विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य चेकजाँचको व्यवस्था गर्ने र प्राथमिक उपचारको समेत प्रबन्ध गर्ने योजना ल्याएको छ ।
हाल तिलोत्तमा नगरपालिकाभित्रका १२ वटा सामुदायिक माद्यामिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू भएको छ । आगामी पाँच वर्षभित्रमा सबै माद्यामिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम विस्तार गर्ने र यसका लागि संघ र प्रदेश सरकारसँग समन्वयात्मक पहल गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ ।
त्यसैगरी मावि तहको पाठ्यक्रममा कृषि विषयलाई समावेश गर्ने योजना पनि एमालेले अगाडि सारेको छ । त्यस्तै निजी स्रोतबाट नियुक्त गरिने शिक्षकहरूलाई न्यूनतम परिश्रमिक उपलब्ध गराउने नीति लागू गर्न सबै विद्यालयमा अनुगमन गरिने एमालेको प्रतिबद्धता छ ।
त्यसैगरी एमालेले तिलोत्तमा नगरपालिका-१४ मा सिटी कलेज सञ्चालनार्थ भवन निर्माण भइसकेकाले आगामी वर्ष प्राविधिक तथा व्यावसायिक तालिम केन्द्र ‘सिटिइभिटी’ बाट सम्बन्धन प्राप्त गरी विभिन्न विधामा कक्षा सञ्चालन गरिने जनाएको छ । त्यस्तै विद्यार्थीहरूमा नैतिक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने योजना पनि एमालेको छ । ‘यसका लागि अतिरिक्त कक्षा वा विषय सञ्चालन गर्न र एक विद्यालय एक पुस्तकालय तथा वाचनालय स्थापना गर्न प्रोत्साहित गरिने छ,’ एमालेको प्रतिवद्धतापत्रमा लेखिएको छ ।
एमालेका मेयर पदका उम्मेदवार मोहन चापागाईंले घोषणापत्रमा उल्लेख गरिएका कुरा कार्यान्वयन गरेरै छाड्ने बताए । ुहामीले प्रतिवद्धतापत्रमा काल्पनिक कुरा लेखेका छैनौं, सबै कुरा कार्यान्वयन गर्न सकिने खालका छन्, नगरबासीलाई साथमा लिएर हाम्रा योजना अगाडि बढाउँछौं,ु उनले भने ।
त्यस्तै तिलोत्तमा नगरपालिकामा रहेको संस्कृत विद्यापीठको पनि प्रवर्द्धन गरिने एमालेले जनाएको छ । सामुदायिक विद्यालयमा कायम हुनुपर्ने शिक्षक विद्यार्थी अनुपातलाई व्यवस्थित गरिने पनि एमालेको योजना छ ।
शिक्षामा लैंगिक असमानताको उन्मूलन गर्ने र शारीरिक अशक्तता भएका व्यक्तिलगायत जोखिममा रहेका व्यक्तिहरू, आदिवासी तथा जनजाति र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई सबै तहको शिक्षा तथा व्यावसायिक तालिममा समान पहुँच सुनिश्चित गरिने एमालेको प्रतिवद्धतापत्रमा उल्लेख छ ।
दिगो विकास तथा दिगो जीवन शैली, लैंगिक समानता र सांस्कृतिक विविधता संरक्षणका लागि शिक्षामा दिगो विकास प्रवर्द्धनात्मक आवश्यक ज्ञान तथा सिप प्राप्त गर्ने कुरालाई सुनिश्चित गरिने एमालेले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार