स्वदेशी उत्पादन बढाइ आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक : राष्ट्रपति भण्डारी
नेपालबहस संवाददाता
बैशाख १८, २०७९ आइतबार १२:१४:३१
१८ वैशाख काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने अपेक्षा गरेकी छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १, २०२२० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले उक्त अपेक्षा गरेकी हुन् । राष्ट्रपति भण्डारीले दिवसका अवसरमा मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेकी छन् ।
शुभकामना सन्देशमा भनिएको छ, यस अवसरमा मुलुकको उद्योग, कृषि, निर्माण र सेवालगायत श्रमका विभिन्न क्षेत्रमा आफ्नो श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति म हार्दिक सम्मान प्रकट गर्दछु । विश्वभरिका श्रमिकहरूले एकापसमा ऐक्यबद्धता आदानप्रदान गर्दै श्रमिक अधिकारको रक्षा र प्रवद्र्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ ।
जनताको आकाङ्क्षाबमोजिम आर्थिक समृद्धि हासिल गर्न स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक भएको र त्यसका लागि कृषि, वन, पर्यटन र जलस्रोतमा आधारित उद्योग र सेवा क्षेत्रको विकास गर्दैै रोजगारीको खोजीमा विदेशिन बाध्य लाखौँ युवा जनशक्तिका लागि समेत स्वदेशमै अवसरको सिर्जना गर्नुपर्ने उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
पुष १२, २०८१ शुक्रबार
नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण: स्वास्थ्यमन्त्री पौडेल
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
१३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्पको पराकम्प
पुष १३, २०८१ शनिबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार