आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, राजस्थान ५ विकेटले पराजित
नेपालबहस संवाददाता
बैशाख १८, २०७९ आइतबार १२:२२:१६
१८ वैशाख एजेन्सी । आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ।
डीवाई पटिल स्टेडियम मुम्बईमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो। राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो। मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५१ रन बनाए भने तिलक बर्माले ३५ रन बनाए। त्यस्तै इशान किशनले २६, टिम डेविड २० र केरन पोलार्डले १० रन बनाए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनाएको थियो। राजस्थानका लागि जोस बटलरले ६७ रन बनाए भने आर आश्विनले २१ रन बनाएका थिए। यो जितसँगै मुम्बई इन्डियन्स नवौँ खेलमा पहिलो जित निकाल्दै २ अंकसहित तालिकाको पुछारमा छ।
नौ खेलमा तीन पराजय भोगेको राजस्थान १२ अंक सहित दोस्रो स्थानमा छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार