काठमाडौं उपत्यकामा आजदेखि १७ करोड लिटर पानी वितरण हुने
नेपालबहस संवाददाता
बैशाख १८, २०७९ आइतबार १३:४४:५३
१८ वैशाख काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण हुने भएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको हो । केयूकेएलका प्रमुुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आज दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिए । गएको वैशाख ११ गते मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो ।
अब नौ वटा भण्डारण केन्द्रबाट एक लाख ७५ हजार धारामा पानी पुग्नेछ । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाउँदा पाइप परीक्षण भइसकेका सबै धारा र ठाउँमा पानी पुग्नेछ । अरु संरचना बन्दै गरेका र परीक्षण हुन बाँकी धारामा बिस्तारै पठाउँदै जाने पनि प्रमुख शाक्यले बताए । अहिले केयूकेएलले १० करोड लिटर पानी वितरण गर्दै आएको छ ।
केयूकेएलबाट वितरण भइरहेको १० करोड लिटर र मेलम्चीबाट आएको १७ करोड लिटर गरी २७ करोड लिटर पानी काठमाडौंमा वितरण हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
पुष १२, २०८१ शुक्रबार
आज अपरान्हदेखि देशको मौसममा बदली हुने, चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
पुष १२, २०८१ शुक्रबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
१३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्पको पराकम्प
पुष १३, २०८१ शनिबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार