श्रमिक अधिकार कार्यान्वयन गर्नु आजको आवश्यकता : मुख्यमन्त्री शाही
नेपालबहस संवाददाता
बैशाख १८, २०७९ आइतबार १७:४०:४
१८ वैशाख, कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले श्रमिक अधिकार कार्यान्वयन गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।
श्रमजीवीहरुले संघर्ष गरेर स्थापित गरेको दिन मे १ अर्थात ११३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश, विदेश तथा कर्णालीवासी सम्पूर्ण श्रमिक वर्गलाई शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले श्रमिकको महत्वपूर्ण योगदानले आजको व्यवस्थामा आइपुगेको बताए ।
आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “मुलुकको प्रगति र उन्नतिका लागि निरन्तर कर्म क्षेत्रमा जुट्ने असङ्ख्य श्रमिकप्रति उच्च सम्मान प्रकट गर्दछु । श्रमिकको अधिकार सुनिश्चित् गर्न र सामाजिक आर्थिक समुन्नति हासिल गर्न सम्पूर्ण नेपाली एकजुट हुनुपर्दछ ।” यद्यपि नेपालको संविधानको मौलिक हकमा श्रम र सामाजिक सुरक्षाको हकको व्यवस्था गरिएको उनले सन्देशमा उल्लेख गरेका छन् ।
मुख्यमन्त्री शाहीले सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षालगायतका श्रम अधिकार सार्थकरुपमा प्रयोग गर्न सक्ने प्रेरणा श्रमिक दिवसबाट मिल्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार