विकास, राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य : राजेशमान सिंह
आबिद हुसेन
बैशाख १८, २०७९ आइतबार १७:५५:७
१८ वैशाख, वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसको गठबन्धनले वीरगञ्जमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । गठबन्धनबाट वीरगञ्जको मेयरमा जनता समाजवादी पार्टी नेपालबाट राजेशमान सिंह र नेपाली कांग्रेसबाट उपमेयरमा इम्तियाज आलम उम्मेदवार छन् ।
सिंह र आलमले आइतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ को सुगौलीमा घरदैलो गरेका छन् । घरदैलोका क्रममा स्थानीयहरुसँग भेटघाट गर्दै सिंह र आलमले मेयरमा छाता छाप र उपमेयरमा रुख छापमा मतदान गर्न आग्रह गरे । स्थानीयहरुले पनि सिंह र आलमलाई विजयको शुभकामना दिँदै मेयरमा छाता छाप र उपमेयरमा रुख छापमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मेयरका उम्मेदवार सिंहले वीरगञ्जको विकास, राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताउँदै गठबन्धनका मेयर र उपमेयर दुवैले विजय हासिल गर्ने विश्वास व्यक्त गरे ।
सिंहले आफ्नो एक मात्र लक्ष्य नगरको विकास र जनताको सेवा रहेको बताए । जनताको चाहना र नगरको आवश्यकता अनुसार गठबन्धनले विकासलाई अगाडि बढाउने उनले बताए । ‘महानगर समृद्ध बन्नुपर्छ भन्ने सबै नगरबासीको चाहना छ, तर विगतमा नगरको नेतृत्वमा पुगेकाले गर्न सकेनन्’, सिंहले भने, ‘जनअपेक्षा एकातिर थियो, नेतृत्वले अर्कातिर काम गर्यो । म नेतृत्वमा आएँ भने सबैको रायसुझाव लिएर एकीकृत विकासमा लाग्छु ।’
उनले पदमा नरहेपनि जनताको सेवामा आफूले निरन्तर काम गरेको बताउँदै भने ‘पदमा कुनै बेला भइएला, कुनै बेला नभइएला तर म सधै वीरगञ्जबासीसँग छु, हरेक सुखदुःखमा साथमा हुनेछु’, उनले भने, ‘विगतदेखि मैले गर्दै आएको कामलाई अझ फराकिलो रुपमा निरन्तरता दिन्छु ।’
उनले वीरगञ्जमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतमा अझै पछि परेको जनाउँदै त्यसका लागि आफ सधै लाग्ने जनाए । त्यस्तै, उपमेयरका उम्मेदवार इम्तियाज आलमलेआफू विजयी भएमा गठबन्धनका नेता, कार्याकर्ता तथा आकांक्षीहरुसँग सुुझाव, सल्लाह र सहकार्य गरी नगरको विकासमा लाग्ने बताए ।
उनले कांग्रेस र जसपाका कार्यकर्ताहरुलाई समेत इमान्दार भएर चुुनावी अभियानमा लाग्न आग्रह गरे । घरदैलोमा देखिएको उत्साहले आफूहरुको जित सुनिश्चित भइसकेको उनको भनाई थियो ।
घरदैलो कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, नेपाली कांग्रेसका नेता रामरूप कुर्मी, प्रकाश उपाध्याय, श्याम पोखरेल, जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल, जसपाबाट वडा नम्बर २६ का वडा अध्यक्ष उम्मेदवार ग्यासुदीन मियाँलगायत नेपाली कांग्रेस र जसपाका स्थानीय नेता, कार्यकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
आर्थिक अभावले क्याम्पस सञ्चालनमा समस्या
पुष १४, २०८१ आइतबार
स्पोर्टस सुजका कारण जागिर गुमाएकी बेलायती युवतीले पाइन ३० हजार पाउन्ड
पुष १४, २०८१ आइतबार
खेलका माध्यमबाट समृद्ध मुलुक निर्माणमा योगदान पुग्नेः मन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
राजदूत सोङ ड्रागनको सिङमा पेन्ट गर्दै
पुष १४, २०८१ आइतबार
लक्ष्मी चण्डी मुरारका विद्यार्थी आन्दोलित
पुष १४, २०८१ आइतबार