गठबन्धनमा सहमति नभएपछि पछि हटे देउवा, वरियता अनुसार आईजीपी बनाउने प्रस्ताव मन्त्रिपरिषदमा
नेपालबहस संवाददाता
बैशाख १८, २०७९ आइतबार १८:३०:५१
१८ वैशाख, काठमाडौं । नेपाल प्रहरीमा आईजीपी नियुक्तिका लागि प्रधामन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेको एआईजीको नाममा गठबन्धनभित्र सहमति नभएपछि वरियता अनुसार आईजीपी नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगिएको छ ।
गृहमन्त्रालय स्रोतका अनुसार वरियताक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल छन् । उनी पछि क्रमस अरुको नाम राखिँदा धिरजप्रताप सिंह तेस्रो नम्बरमा रहेको बताइएको छ ।
प्रधामन्त्री शेरबहादुर देउवा अझै पनि आफुले चाहेको व्यक्तिलाई आईजीपी बनाउने प्रयासमै रहेपनि प्रहरी प्रमुखमा बढुवा गर्न गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाई सकेको छ ।
प्रधानमन्त्री देउवाले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने प्रस्ताव गठबन्धनमा राखेको तर, सहमति नभएपछि गृहमन्त्री बालकृष्ण खाँणलाई बालुवाटार बोलाएर वरियता अनुसार प्रस्ताव ल्याउन निर्देशन दिएको स्रोतको भनाई छ ।
आइतबार बिहान भएको सत्ता गठबन्धनको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावका वेला वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद हुन सक्ने भन्दै असहमति जनाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार