उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि निर्वाचनमा तालमेल गर्ने पाँच दलको निर्णय
नेपालबहस संवाददाता
बैशाख १८, २०७९ आइतबार १८:४६:५७
१८ वैशाख, काठमाडौं । पाँच दलीय गठबन्धनले उम्मेदवारी फिर्ता नलिएका र फिर्ता लिने समय अपुग भएका स्थानीय तहमा गठबन्धन दलहरूबीच भएको समझदारीअनुसार तालमेल गर्न आ–आफ्ना दलले मातहतका निकायहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।
दलका आधिकारिक र स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन चिह्न पाएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको गठबन्धन दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आइतबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
ठाउँ ठाउँमा गठबन्धनका केही दलले तालमेलको समझदारीविपरीत उम्मेदवारी दर्ता गराए पनि फिर्ता लिएनन् । उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धन दलहरूबीच केही ठाउँमा तालमेलको विषय पेचिलो बनेको छ ।
यस्तै बैठकले गठबन्धनको मर्म र भावनाअनरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ । निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने पनि बैठकको निर्णय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जङ्गल सफारीमा पर्यटक
पुष ७, २०८१ आइतबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार