२६ वर्षीय युवती राना चापाकोटको उपमेयर
नेपालबहस संवाददाता
बैशाख १८, २०७९ आइतबार १९:२४:०
♦ प्रकाश डोटेल
१८ बैशाख, स्याङ्जा । पछिल्लो सयम राजनीतिमा युवाहरुको आकर्षण र विश्वास घटेको भनिरहेको अवस्थामा स्याङ्जाको चापाकोट नगरपालिकामा २६ वर्षीया युवती उपमेयर (उपप्रमुख) पदमा उम्मेदवार बन्न सफल भएकी छन् ।
त्यो पनि पुरानो र बुढाहरुको पार्टी भन्ने आरोप खेपेको नेपाली कांग्रेस पार्टीबाट । नगरमा एक दर्जन बढि आन्तरिक आंकाक्षी हुँदाहुँदै सबैको विश्वासमा ईशा राना उपमेयरको उम्मेदवार बन्न सफल भएकी हुन् ।
“उमेर बढि भएको (पुरनो) वा नयाँ त जन्मका आधारमा पार्टी बन्दैबन्दैन् ।” नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा भन्छन्, “पार्टी बन्छ त, त्यसले लिने कार्यदिशा र अंगिकार गरेको बिचारका आधारमा ।” आम नागरिकको विश्वास हासिल गर्दै स्थापना भएको काँग्रेस मुद्दा र बिचारका आधारमा पुरानो र अब्बल पार्टी हो थापा भन्छन् ।
२६ वर्षीया युवती ईशा रानालाई चुनाबी मैदानमा पठाएर कांग्रेसलाई पुरानो र बुढो पार्टी भन्नेहरुलाई ‘ईट्टको जवाफ पथ्थर’ले दिएको थापाले बताउँछन् । अन्य पार्टीको तुलनामा युवाको आकर्षण र बिचारमा अग्रगमनको प्रतिनिधित्व गर्ने पार्टी काँग्रेस नै भएको संविधासभा सदस्य समेत रहेका थापाले जिकिर गरे ।
तनहुँ जिल्लाको माझकोटकी चेली र स्याङ्जाको चापाकोटकी बुहारी रानाले सानो उमेरमै संगठनका लागि अनेकौ काम गरेकी छन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट काँग्रेस राजनीतिमा प्रवेश गरेकी रानाले चापाकोट बहुमुखी क्याम्पसबाट सक्रिय राजनीतिमा लाग्दा २०७३ सालको स्ववियु निर्वाचनमा चापाकोट बहुमुखी क्याम्पसको सदस्यमा निर्वाचित भईन् ।
बुहारी मान्छे, शिक्षा क्षेत्रमा दरिदै गएका छिमेकी, घरपरिवारको काम र छरछिमेकीको विश्वासलाई आधार बनाएर राजनीतिमा होमिएकी राना २०७४ सालको स्थानीय तह निर्वाचनमा चापाकोट नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित भएकी थिईन् । विद्यार्थी, बुहारी, स्थानीय एफएममा कार्यक्रम प्रस्तोता सँगसँगै राजनीतिबाट चापाकोटको सम्वृद्धि हासिल गर्नमा उनी अब्बल हुनेमा विश्वास जनाउँछन् स्थानीय ।
नेपाली कांग्रेसको राजनीतिमा युवावर्गमा प्रतिभाशाली महिला नेतृ मानिन्छिन् राना । स्पष्ट बोल्ने, खरो स्वभाव र हक्कीपन भएकी राना राजनीतिमा महिलाको उपस्थिति जोडदार र प्रभावकारी हुनुपर्ने बिचार राख्छिन् । कांग्रेस स्याङ्जाको जिल्ला समिति सदस्य रानाको कांग्रेस राजनीतिमा समकालीनको तुलनामा बलियो प्रभाव छ ।
“चापाकोट नगरपालिकाको प्रचुर सम्भाबनालाई उपयोग गर्दै आम नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सक्नेमा राना प्रति पार्टीले ठूलो विश्वास गरेको छ ।” गण्डकी प्रदेश सरकारका सदस्य भागवतप्रकाश मल्लले भने, “चापाकोटको उर्बर भूमी कृषिका लागि बहुउपयोगी, पर्यटनमा दरिलो र धार्मिक क्षेत्रका दृष्टिले महत्वपूर्ण मानिन्छ ।” स्वास्थ्य, शिक्षा र रोजगारमा नयाँ आउने नेतृत्वले कुनै कसर बाँकी नराखि काम गर्नुपर्ने मल्लले आवश्यकता औल्याए ।
२६ वर्षकी रानासँगै नेपाली काँग्रेस स्याङ्जाले चापाकोट नगरपालिकाको मेयरमा युवा नेता देबबहादुर खाँण ‘ईश्वर’ लाई चुनाबी मैदानमा उतारेको छ । काँग्रेसी मतदाता र जनमत बढि रहेको चापाकोटमा उनीहरु विजयी हुनेमा स्थानीयले विश्वास लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार
तीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी भिड्दै
पुष २९, २०८१ सोमबार