आजबाट प्रहरी महानिरीक्षक थापासहित १९ प्रहरी उच्च अधिकारीहरुको जागिर सकियो
नेपालबहस संवाददाता
बैशाख १८, २०७९ आइतबार १९:१६:५
१७ वैशाख, काठमाडौं । आजदेखि नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारीहरु सेवानिबृत भएर घरजाँदैछन् । २०४९ साल वैशाख १९ गते नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएका ९८ औं ब्याचका अधिकारीहरु ३० वर्षे सेवा अवधि पूरा गरी घर जान लागेका हुन् ।
३० वर्षे सेवा अवधिका कारण बिदा लिनेमा प्रहरी महानिरीक्षक क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरू हरिबहादुर पाल, प्रधुम्न कार्की, निरजबहादुर शाही र बसन्तकुमार पन्त रहेका छन् । सोही ब्याचका ११ जना प्रहरी नायब महानिरीक्षकहरूले समेत आजैदेअखि अवकाश पाउँदैछन् ।
सेवामा अवधिका कारण अनिवार्य अवकाशमा जाने डिआईजीहरूमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, गणेशबहादुर ऐर, रामकृपाल साह, प्रकाश अधिकारी, नवराज भट्ट, उमेश रञ्जितकार, देवबहादुर बोहोरा, पुरूषोत्तम कणेल, राजेन्द्र चौधरी रहेका छन् ।
डिआईजी राजेशलाल कर्णले उमेर हदका कारण गत हप्तानै अवकाश लिएका थिए । सोही ब्याचका तीनजना प्रहरी वरिष्ठ उपरीक्षकहरू प्रदिप श्रेष्ठ, वीरेन्द्र वस्याल, नवराज भट्टसमेत आजैदेखि ३० वर्षे सेवा अवधि सकिएर घर जाँदैछन् ।
प्रहरी महानिरीक्षक सहित ठूलो संख्यामा उच्च प्रहरी अधिकारीहरुले अवकाश पाउने भएपछि ति पदहरुमा बढुवाका लागि तयारी पनि थालिएको छ । आईजीपीलगायत एआईजी नियुक्ति भने आजको मन्त्रिपरिषद् बैठकले गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार
बिक्रीका लागि भक्का पकाउँदै महिला
पुष ७, २०८१ आइतबार
बिक्री राखिएको जुनार र सुन्तला
पुष ७, २०८१ आइतबार
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
पुष ७, २०८१ आइतबार