बास्तोला र ओलीको कारबाही फिर्ता गर्न विप्लवमाथि किसानको दबाव
नेपालबहस संवाददाता
बैशाख १८, २०७९ आइतबार १९:४९:४३
वैशाख १८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ माथिको कारबाही फिर्ता गर्न महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई दबाब दिएको छ ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले दुई नेतामाथिको कारबाही फिर्ता लिएर पार्टीलाई एक ढिक्का बनाउनसमेत आह्वान गरेको छ ।
महासंघले पार्टीमा विवाद सिर्जना हुनुको कारण संसदीय व्यवस्था नमान्ने, निर्वाचनमा भाग नलिने र देशभक्त, बुद्धिजीवी, एमसीसीविरोधी स्वतन्त्र उम्मेदवारलाई सहयोग गरी जाने निर्णयको कार्यान्वयन सन्दर्भमा उत्पन्न विवाद भनेको छ ।
विवादकै बीच कञ्चन र सुदर्शनलाई महासचिव विप्लवले गरेको कारबाहीलाई महासंघले ‘कथित कारबाही’ भन्दै टिप्पणी पनि गरेको छ ।
विज्ञप्तिमार्फत महासंघले संसदीय दलदलमा नफस्न, विवादित विषयलाई मिलाएर लान, कारबाही फिर्ता गरी बैठक, भेला आयोजना गर्दै समस्याको हल खोज्न पनि सुझाएको छ ।
महांसघ अध्यक्ष हरि श्रेष्ठ, उपाध्यक्षहरू कालीबहादुर शाही र कर्ण सेन, महासचिव सागर अर्याल, सचिवहरू सागर तामाङ, दावा हेम्बो र कोषाध्यक्ष दिनेश निरौलाको विज्ञप्तिमा हस्ताक्षर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार