पार्टी नेतृत्वको स्वार्थ पूरा गर्न दुई जुम्ली महिलाको टिकट खोसियो
नेपालबहस संवाददाता
बैशाख १८, २०७९ आइतबार १९:५६:४९
♦ दिलमाया शाही
१८ वैशाख, जुम्ला । नेकपा माओवादी केन्द्रले हिमा गाउँपालिकाको उपाध्यक्षको लागि बिनसा रोकायालाई टिकट दिएको थियो । टिकट पाएको चर्चासँगै सामाजिक संजालमार्फत बधाई दिनेको ओहिरो लाग्यो ।
रेडियो, टेलिभिजन, पत्रपत्रिका समेत उनको बारेमा समाचार छापिए । रोकाया पनि १२ वैशाखमा मनोनयन दर्ता गराउने तयारीमा जुटिसकेकी थिइन ।
तर, मनोनयन दार्ता गर्न निर्वाचन कार्यालय आउँदा हिमा गाउँपालिकाको उपाध्यक्षको लागि कल्पना परियारको मनोनयन दार्ता भइसकेको रहेछ । परियारको हातमा पनि उपाध्यक्षको टिकट पुगेपछि रोकाया अन्योलमा परिन् ।
उनी अहिले पनि नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीको नाम र छाप भएको सिफारिस पत्र बोकेरै हिडिरहेकी छिन् ।
परियारले उपाध्यक्षमा मनोनयन गरेपछि माओवाादीभित्र विवाद चर्कियो । टिकट हातमा बोकेर रोकायाले बागी उम्मेवारी दिइन् । त्यसलगत्तै हिमा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच १४ वैशाखमा झड्प भयो । झडपमा परी एक जना घाइते समेत भए ।
उपाध्यक्षको टिकटलाई लिएर बागी उम्मेदवार र पार्टीको उम्मेदवार पक्षबीच झडप भएको थियो । नेकपा माओवादी केन्द्रको जिल्लाबाट दुई जनाको नाममा टिकट पठाएपछि दुई पक्षबीच झडप भएको हो ।
कल्पना परियारले माओवादी केन्द्रको उपाध्यक्षमा पहिला उम्मेदवारी दर्ता गराएको र विनसा रोकायाको नाम पछि आएकाले उम्मेदवारी रोकिएको निर्वाचन अधिकृत ऋतु राईले बताइन् । यसपछि रोकायाले पार्टीको नभएर स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । झडपमा ढुंगा प्रहारबाट हिमा गाउँपालिका–६ निवासी अन्दाजी ४५ वर्षीय छत्र अधिकारी घाइते भएका थिए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गजेन्द्रबहादुर महतले टिकट विनसालाई दिए पनि स्थानीय तहमा कल्पनाले उम्मेदवारी दर्ता गराइसकेकाले समस्या भएको बताए । उनले अब समाधान गरिनु पर्ने बताए ।
नेकपा माओवादी केन्द्रले ०७४ सालको स्थानीय तह निर्वाचनमा जुम्लामा अध्यक्षसहित धेरै पद जितेको थियो । यो वर्ष वडामै पनि स्वतन्त्र दिनेको संख्या बढेको छ । यसले गर्दा माओवादी केन्द्रलाई हिमा गाउँपालिकामा विजय हात पार्न चुनौती देखिएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीले चन्दननाथ नगरपालिकाको मेयर पदमा जयलक्ष्मी चौलाइलाई टिकट दिएको थियो । यस्तै, उपमेयरमा भिम थापालाई सिफारिस गरेको थियो । तर, मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका राजुसिहं कठायतलाई गठबन्धनले समर्थन गरेपछि जयलक्ष्मी चौलागाईलाई उम्मेदवारी फिर्ता लनि लागाइएको थियो ।
जहाँ हार्ने निश्चित छ त्यहाँ मात्रै महिलालाई टिकट दिने गरेको उनको आरोप छ । दलको नेतृत्वमा बसेकाहरूको स्वार्थ पूरा हुने देखिए उम्मेदवारी फिर्ता गर्न लागाइने गरेको उनले बताइन । जसले गर्दा राजनीतिमा महिला सहभागिता न्यून बनेको छ । राज्यले नै व्यवस्था गरेको ३३ प्रतिशत सहभागिता पनि कागजमै सिमित छ ।
न्युज कारखाना
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार
बिक्रीका लागि भक्का पकाउँदै महिला
पुष ७, २०८१ आइतबार
बिक्री राखिएको जुनार र सुन्तला
पुष ७, २०८१ आइतबार
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
पुष ७, २०८१ आइतबार