राजेशमानलाई जिताउन रहबरले पनि शुरु गरे घरदैलो
आबिद हुसेन
बैशाख १८, २०७९ आइतबार २१:१३:४७
१८ बैशाख, वीरगञ्ज । सत्तारुढ गठबन्धनका साझा उम्मेदवारलाई जिताउन नेकपा माओवादी केन्द्रले पनि घरदैलो थालेको छ ।
गठबन्धनको निर्णयअनुसार जनता समाजवादी पार्टी ‘जसपा’ को भागमा मेयर र उपमेयरमा नेपाली कांग्रेसको भागमा परेपछि गठबन्धनलाई जिताउन नेकपा माओवादी केन्द्रले पनि गतिविधि बढाएको हो ।
महानगरको मेयरमा जसपाका राजेशमान सिँह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमसँगै वडाहरुमा उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवारहरुलाई जिताउन नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीले आग्रह गरेका छन् ।
वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाहरुमा गएर नेता तथा कार्यकर्ताहरुसँग यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै छलफल गरिएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार