सरकारले विधिको शासन विपरित आईजीपी नियुक्ति गर्योः कोइराला
नेपालबहस संवाददाता
बैशाख १८, २०७९ आइतबार २१:४०:३५
१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्दा वरियता र विधि मिचिएको बताएका छन् ।
उनले सरकारले नेपाल प्रहरीको विधि र विधान विपरित नियुक्ति गरी संगठनमा बिवाद निम्त्याउने काम गरेको आरोप लगाएका छन् । नेपाल प्रहरीको महानिरीक्षकमा तेस्रो वरियताका धीरजप्रताप सिंहलाई सरकारले बढुवा गरेपछि कोइरालाले त्यसको विरोध गरेका हुन् ।
‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ’ कोइरालाले ट्विट गर्दै भनेका छन्, ‘सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ ।’
निर्वाचनका समयमा सरकारले गरेका निर्णयले जनतामा नराम्रो संन्देश दिएको कोइरालाको भनाई छ । उनले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले जहिले पनि प्रहरीमा बिवाद निकालेर अपठ्यारो बनाउने गरेको आरोप पनि लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार