उपमहानगरमा मेयर र उपमेयरका उम्मेदवारले घोडचढीमा १ लाख १० हजार खर्च गर्न सक्ने
नेपालबहस संवाददाता
बैशाख १९, २०७९ सोमबार १६:२७:२१
१९ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेदवारी र निर्वाचन चिह्न आइतबार टुंगो लगाएसँगै राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरू मतदाताको घरदैलोमा सक्रिय हुन थालेका छन ।
३० वैशाखमा हुने स्थानीय निर्वाचनमा उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँ तथा कम्तीमा २५ हजार रुपैयाँसम्मको सीमा तोकेर उम्मेदवारका फजुल खर्चमा निर्वाचन आयोगले रोक लगाएको छ ।
जसअनुसार आयोगले उपमहानगरपालिकाका मेयर र उपमेयरले ५ लाख ५० हजार तथा वडा अध्यक्ष र वडा सदस्यहरुका लागि ३ लाख रुपैयाँसम्म मात्र खर्च गर्न सक्ने गरी खर्चको सीमा तकिदिएको छ ।
उपमहानगरका मेयर तथा उपमेयरले मतदाता नामावली खरिदमा १ हजार, सवारी साधन र घोडचढीमा १ लाख १० हजार, सवारी इन्धन र दानमा २६ हजार, प्रचार प्रसार सामाग्रीमा ८५ हजार, ढुवानीमा १५ हजार, गोष्ठी कार्यकर्ता परिचालनमा १ लाख, अन्य प्रचार प्रसार (छापा तथा विद्युतीय माध्यम) मा १ लाख, कार्यालय सञ्चालमा ४० हजार, प्रतिनिधि परिचालनमा ६० हजार र विविधमा १३ हजार गरी ५ लाख ५० हजार रुयैँया मात्रै खर्च गर्न पाउने सीमारेखा कायम गरेको हो ।
यसैगरी, वडा अध्यक्ष, वडा सदस्य, महिला र दलित अल्पसंख्यक सदस्यहररूले मतदाता नामावली खरिदमा ५ सय, सवारी साधन र घोडचढीमा २० हजार, सवारी इन्धन र दानमा १५ हजार, प्रचार प्रसार सामाग्रीमा ३५ हजार, ढुवानीमा ८ हजार, गोष्ठी कार्यकर्ता परिचालनमा ६५ हजार, अन्य प्रचार प्रसार (छापा तथा बिद्युत्तिय माध्यम) मा १५ हजार, कार्यालय सञ्चालनमा ६७ हजार, प्रतिनिधि परिचालनमा २० हजार र विविधमा ४ हजार ५ सय गरी २ लाख ५० हजार रुयैँया भित्रको सीमामा रहेर खर्च गर्नुपर्ने आयोगले जनाएको छ ।
गत आइतबार स्थानीय तहका उम्मेदवारले चुनाव चिन्ह पाए लगत्तै सोमबार बिहानैदेखि घरदैलो अभियानलाई थप तीब्रता दिएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपा केन्द्रीय समिति बैठक आज पनि
पुष २१, २०८१ आइतबार
माओवादी केन्दीय समिति बैठक बस्दै, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
पुष २१, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
रास्वपा केन्द्रीय समिति बैठक आज पनि
पुष २१, २०८१ आइतबार
म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटक बनाउने भीड
पुष २१, २०८१ आइतबार
पूजा महतोको कप्तानीमा यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा
पुष २१, २०८१ आइतबार
शीतलहरपीडितलाई सेनाको सहयोग
पुष २१, २०८१ आइतबार