मासु धेरै खाए मानव स्वास्थ्यसँगै जलवायु परिवर्तनमा पनि असर पर्छः अध्यायन
नेपालबहस संवाददाता
बैशाख १९, २०७९ सोमबार १६:५६:५४
१९ वैशाख, एजेन्सी । तपाईले दैनिक कति मासु खानु हुन्छ ? त्यसो त विज्ञहरू शाकाहारी भोजनलाई जोड दिँदै आएका छन् । माछा मासुभन्दा फलफूल स्वास्थ्यका लागि हितकर हुने उनीहरूको भनाइ छ । तर, वैज्ञानिकहरूले मासु कम खाँदा स्वास्थ्यमा फाइदाकाे अतिरिक्त जलवायु परिवर्तनसँग लड्न सहयोग हुने बताएका छन् ।
एउटा नयाँ अध्ययनअनुसार विश्वव्यापीरूपमा मासुको खपत ७५ प्रतिशतले घटाउँदा जलवायु परिवर्तनसँग लड्न मद्दत गर्न सक्छ ।
यसको मतलब यो होइन कि आफ्नो आहारबाट मासु पूर्णरूपमा हटाउनु पर्छ । बरु, महत्वपूर्ण परिवर्तन आवश्यक छ । मासु व्यवसायले ठूलो वातावरणीय प्रभाव पारेको छ र पछिल्ला दशकहरूमा मानव आहारको आवश्यकताभन्दा धेरै मासुको माग बढेको छ ।
प्रतिवेदनका लेखक तथ बोन विश्वविद्यालयका प्रोफेसर डा मतिन काइमका अनुसार सबै मानिसहरूले युरोपेली वा उत्तर अमेरिकीहरू जत्तिकै मासु उपभोग गर्ने हो भने हामीले निश्चित रूपमा अन्तर्राष्ट्रिय जलवायु लक्ष्यहरू गुमाउनेछौं र धेरै जैविक प्रणालीहरू ध्वस्त हुनेछन् ।
काइमका अनुसार हामीले हाम्रो मासु खपतलाई आधा घटाउनुपर्छ–प्रतिवर्ष २० किलोग्राम वा त्योभन्दा कम । नयाँ अध्ययन एनुअल रिभ्यु अफ रिसोर्स इकोनोमिक्समा प्रकाशित छ ।
उत्तरी अमेरिका, सामुद्रिक र युरोपका धनी देशहरूले प्रतिव्यक्ति सबैभन्दा बढी मासु खपत गर्छन् । विश्लेषणअनुसार सन् २०५० सम्म मासुको माग बढिरहनेछ । मासुको अत्यधिक सेवनले स्वास्थ्य समस्या निम्त्याउने तथ्यका बाबजुद पनि यसको माग बढ्दो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीमा रकमको लोभमा आफ्नै पसल चोरीको अभिनय गर्ने सञ्चालकसहित ५ जना पक्राउ
असार १९, २०८१ बुधबार
नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
असार १९, २०८१ बुधबार
म्याग्दी नदीको कटान रोक्न मंगलाघाटमा पर्खाल निर्माण
असार १९, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
नशालु ईन्जेक्सनसहित दुई भारतीय नागरिक पक्राउ
असार १९, २०८१ बुधबार
हनिमुनमा निस्किए सोनाक्षी-जहीर
असार १९, २०८१ बुधबार
चुरे गाउँपालिकाद्धारा किसानलाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
सभापति लामिछानेले पढ्न रोकेपछि सहमहामन्त्रीले पढे महामन्त्री ढकालको प्रतिवेदन
असार १९, २०८१ बुधबार
सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा घुम्न आएका पर्यटक अलपत्र
असार १९, २०८१ बुधबार
आयल निगमको नयाँ भण्डारणगृह तीव्रगतिमा निर्माण हुँदै
असार १९, २०८१ बुधबार