प्रहरी महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले लगाए फुली
नेपालबहस संवाददाता
बैशाख १९, २०७९ सोमबार १७:११:४
१९ वैशाख, काठमाडौं । दुई सुरक्षा निकायका प्रमुखहरूलाई दज्र्यानी चिन्ह (फुली) प्रदान गरिएको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न लगाएका हुन् ।
सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले नवनियुक्त प्रहरी महानिरीक्षकहरूलाई फुली लगाइदिएका हुन् ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई एआईजी सिंह र सशस्त्र प्रहरीका एआईजी अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सिंहको नियुक्तिमा प्रहरीका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा असन्तुष्ट देखिएका छन् । सशस्त्र प्रहरीबाट भने अर्याल एक्ला दाबेदार थिए । दुईजना अदालत जाने तयारीमा छन् । उनीहरू अदालत जाने सक्ने सम्भावनालाई मध्यनजर गर्दै दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम बिहानै राखिएको हो ।
२०७७ मंसिरमा पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका थिए । उनीपछि गत वर्षको असारमा सहकुल थापा एआईजीमा बढुवा भएका थिए । सिंह भने गत चैतमा मात्रै एआईजीमा बढुवा भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार