टिकट खोसिएका पौडेललाई भेट्न ईश्वर पोखरेल पुगे पुरुन्चौर
नेपालबहस संवाददाता
बैशाख १९, २०७९ सोमबार १७:३४:५४
१९ वैशाख, पोखरा । नेकपा एमालेले सबैभन्दा पहिले पोखरा महानगरको मेयरमा दीपक पौडेललाई टिकट दियो । उनलाई मेयर दिएपछि उपमेयरमा हालकै मन्जुदेवी गुरुङलाई दोहो¥यायो ।
पौडेलले टिकट पाएपछि एमालेकै नेता कार्यकर्ताले विरोध गरे । पुराना भिडियोहरू हालेर बेइज्जत गरिदिए । गुटले गाँजेको एमालेबाट पौडेलले पाएको टिकट खोसियो ।
उनको ठाउँमा बहालवाला प्रदेश सांसद कृष्ण थापालाई टिकट दिइयो । मन्जु सोही पदमा दोहोरिइन् । अघिल्लो दिनसम्म कुनै हालतमा उपमेयर चुनाव नलड्ने बताएकी मन्जु थापाले मेयर टिकट पाएपछि लड्न राजी भइन् । थापा र गुरुङ पोखरामा केन्द्रीय सदस्य खगराज अधिकारी गुटका हुन् ।
पौडेल भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट हुन् । लामो समय अध्यापन गराएर सक्रिय राजनीतिमा लागेका पौडेलको टिकट खोसिएन मात्रै उनी घरबाट निस्किनै नसक्ने गरी प्रतिष्ठामा आँच आउने काम भयो । उनका आफन्तहरूले तत्काल घरबाट ननिस्किन आग्रह गरेको बताइएको छ ।
हुन पनि टिकट खोसिएकै दिनदेखि पौडेल चुनावी प्रचारमा छैनन्, उनी घरमै आराम गरेर बसिरहेका छन् । पौडेललाई भेट्न केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पुरुन्चौर पुगेका छन् । पौडेलले अपमान महसुस गरेका कारण प्रचारमा नलागेको बताइएको छ ।
पार्टीले अन्याय गरेको पौडेलले पोखरेललाई गुनासो गरे । करिब २ घण्टा गोप्य भेटपछि पौडेलले पोखरामा एमालेले चुनाव नहार्ने आश्वास्त पारेर फर्काएको एमाले श्रोतले जनाएको छ । ‘उहाँसँग धेरै गुनासा थिए । ति गुनासा राख्नुभयो,’ ती नेताले भने, ‘अन्तिममा एमालेले पोखरामा चुनाव जित्ने र त्यसमा निश्चिन्त रहन भन्नुभयो ।’ पोखरेलले पौडेलको योगदान पार्टीले नभुल्ने विश्वास दिएर फर्किएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार