स्थानीय तहमा महिला सहभागिता, कुल उम्मेदवार मध्ये ५७ हजार ९६७ को मात्रै उम्मेदवारी
नेपालबहस संवाददाता
बैशाख १९, २०७९ सोमबार १८:५७:१३
१९ वैशाख, काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र र विभिन्न दलको तर्फबाट उम्मेदवारी दिनेमध्ये ३७.८३ प्रतिशत महिला रहेका छन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने १ लाख ५३ हजार २२० जनामध्ये ५७ हजार ९६७ जना महिला रहेका छन् ।
स्थानीय निर्वाचनमा सबैभन्दा बढी महिला उम्मेदवार नेकपा (एमाले)ले उठाएको छ । एमालेको तर्फबाट उम्मेदवारी दिने ३३ हजार ५०३ जनामध्ये १४ हजार ४ जना (४१.७९ प्रतिशत) महिला रहेका छन् ।
एमालेले प्रमुख पदमा २७, अध्यक्षमा २८, उपप्रमुखमा २६०, उपाध्यक्षमा ४१०, वडाध्यक्षमा ११८, महिला सदस्यमा ६ हजार ४११, दलित महिला सदस्यमा ६ हजार २०९ र सदस्यमा ५४१ जना महिलालाई उम्मेदवार बनाएको छ ।
स्थानीय निर्वाचनमा महिला उम्मेदवारको दोस्रो ठूलो संख्या नेपाली कांग्रेसमा रहेको छ । कांग्रेसको तर्फबाट उम्मेदवारी दिने कूल ३१ हजार ४२५ जनामध्ये १२ हजार ८८२ जना (४०.९९ प्रतिशत) महिला रहेका छन् ।
कांग्रेसको तर्फबाट प्रमुखमा १२, अध्यक्षमा १९, उपप्रमुखमा १८२, उपाध्यक्षमा २९३, वडाध्यक्षमा ८०, महिला सदस्यमा ६ हजार ९२, दलित महिला सदस्यमा ५ हजार ८२८ र सदस्यमा ३७६ जना महिलाले उम्मेदवारी दिएका छन् ।
महिला उम्मेदवारमा तेस्रो ठूलो संख्या नेकपा (माओवादी केन्द्र)को रहेको छ । स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट कूल २२ हजार २७९ जनाले उम्मेदवारी दिएका छन्, जसमध्ये ८ हजार ९७७ जना (४०.२९ प्रतिशत) महिला रहेका छन् ।
माओवादीले प्रमुखमा १८, अध्यक्षमा २९, उपप्रमुखमा १३३, उपाध्यक्षमा २०३, वडाध्यक्षमा ९२, महिला सदस्यमा ४ हजार १८७, दलित महिला सदस्यमा ३ हजार ९१८ र सदस्यमा ३९७ जना महिला उम्मेदवार उठाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसपटकको स्थानीय निर्वाचनमा कूल १२ हजार ७५२ जना उम्मेदवार उठाएको छ । उठाएकोमध्ये ४ हजार ६०८ जना (३६.१३ प्रतिशत) महिला उम्मेदवार रहेका छन् ।
राप्रपाले प्रमुखमा २७, अध्यक्षमा १५, उपप्रमुखमा १९९, उपाध्यक्षमा १८५, वडाध्यक्षमा १२२, मलिहा सदस्यमा २ हजार १४३, दलित महिला सदस्यमा १ हजार ६८२ र सदस्यमा २३५ जना महिलालाई उम्मेदवारी बनाएको छ ।
नेकपा (एकीकृत समाजवादी)ले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उठाएका कूल ११ हजार ३३० उम्मेदवारमध्ये ४ हजार २६७ जना (३७.६६ प्रतिशत) महिला रहेका छन् ।
एकीकृत समाजवादीले प्रमुखमा २३, अध्यक्षमा १२, उपप्रमुखमा १०७, उपाध्यक्षमा ११२, वडाध्यक्षमा ७२, महिला सदस्यमा २ हजार २७, दलित महिला सदस्यमा १ हजार ६२७ र सदस्यमा २८७ जना महिलालाई उम्मेदवार बनाएको छ ।
जनता समाजवादी पार्टी (जसपा), नेपालको तर्फबाट उम्मेदवारी दिने ९ हजार ४८१ जनामध्ये ३ हजार ६७१ जना (३८.७१ प्रतिशत) महिला रहेका छन् । जसपाले प्रमुखमा १५, अध्यक्षमा १०, उपप्रमुखमा ११०, उपाध्यक्षमा १३१, वडाध्यक्षमा ६२, महिला सदस्यमा १ हजार ७००, दलित महिला सदस्यमा १ हजार ४९८ र सदस्यमा १४५ जना महिला उठाएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट यसपटकको स्थानीय तह निर्वाचनमा ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ जसमध्ये १ हजार ९३२ जना (४०.५७ प्रतिशत) महिला रहेका छन् ।
लोसपाले प्रमुखमा ५, अध्यक्षमा ३, उपप्रमुखमा ७३, उपाध्यक्षमा ५४, वडाध्यक्षमा ३७, महिला सदस्यमा ८६४, दलित महिला सदस्यमा ८०० र सदस्यमा ९६ जना महिलालाई उम्मेदवार बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्दीय समिति बैठक बस्दै, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
पुष २१, २०८१ आइतबार
एमाले केन्द्रीय समिति बैठक बस्दै, ओलीले ल्याउँदैछन् राजनीतिक प्रतिवेदन
पुष २१, २०८१ आइतबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटक बनाउने भीड
पुष २१, २०८१ आइतबार
पूजा महतोको कप्तानीमा यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा
पुष २१, २०८१ आइतबार
शीतलहरपीडितलाई सेनाको सहयोग
पुष २१, २०८१ आइतबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
पुष २१, २०८१ आइतबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार