राष्ट्र बैंकले खुलायो २ अर्बको नागरिक बचतपत्रको आवेदन, ११ प्रतिशत ब्याज दिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १९, २०७९ सोमबार १९:२४:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/bachat-patra-aa_pPt0iM5kcp.jpg)
१९ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रका लागि आवेदन खुला गरेको छ । वैशाख १८ देखि खुला भएको बचतपत्रमा २२ गतेसम्म आवेदन दिन पाइन्छ ।
चार वर्ष परिपक्वको अवधि रहेको उक्त बचतपत्रमा ११ प्रतिशत ब्याजदर पाइने छ । यो ब्याजदर राष्ट्र बैंकले यसअघि विक्री गरेको नागरिक बचतपत्र २०८३ (क) भन्दा एक प्रतिशतले बढी हो ।
हाल वाणिज्य बैंकहरुले निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर दिइरहेका छन् । अघिल्लो पटकको बचतपत्रको ब्याजदर बैंकहरुको भन्दा कम रहेकाले नागरिकको धेरै आकर्षण हुन सकेको थिएन । सोही पक्षलाई ध्यान दिएर अहिले ब्याजदर बढाइएको राष्ट्र बैंकले जनाएको छ । बचतपत्रको परिपक्वको अवधि २०८४ वैशाख १५ गतेसम्म रहेको छ ।
यो वर्ष देखि विदेशमा रहेका नेपालीले आफू रहेकै स्थानबाट पनि नागरिक बचतपत्रमा लगानी गर्न सक्ने सुविधा छ । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्रको आवेदन अनलाइन प्रणालीमार्फत् पनि गर्न सकिने व्यवस्था गरेपछि विदेशमा रहेका नेपालीले पनि उक्त सुविधा पाएका हुन् ।
नयाँ व्यवस्था अनुसार अब स्वदेश र विदेश जहाँ रहेका नेपालीले पनि अनलाइनमार्फत नागरिक बचतपत्र खरिद गर्न बाटो खुलेको हो । यसअघि आवश्यक कागजातसहित भौतिक रुपमा सम्बन्धित व्यक्ति बैंकमा उपस्थित हुनुपर्ने व्यवस्था रहेकाले विदेशमा बस्ने नेपालीले नागरिक बचतपत्र किन्नबाट वञ्चित रहँदै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार