राजेशमानलाई जिताउन अमात्य र चौरसियाले पनि सुरु गरे घरदैलो
आबिद हुसेन
बैशाख १९, २०७९ सोमबार १९:३७:२०
१९ वैशाख, वीरगञ्ज । सत्ता गठबन्धनबाट वीरगञ्ज महानगरपालिकाको मेयरका साझा उम्मेदवारलाई विजयी बनाउन जसपा र कांग्रेसले घरदैलो कार्यक्रमलाई तिब्र बनाएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी ‘जसपा’ का मेयरका उम्मेदवार राजेशमान सिँह र नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार इम्तियाज आलमलाई जिताउन नियमित रुपमा ५ दलका नेता कार्यकर्ताहरुले घरदैलो गरीरहेका छन् ।
सोही क्रममा आइतवार वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिरसियाका वडाबासीसँग छलफल तथा भेटघाट गरिएको छ । भेटभाटमा जसपा र कांग्रेसका दिग्गज नेताहरुको उपस्थिति रहेको थियो ।
गठबन्धनलाई कांग्रेस पर्साको एउटा ठूलो समूहले समर्थन नगर्ने चर्चा चलिरहेको बेला पार्टीभित्र रहेका दुवै समूहले गठबन्धनका साझा उम्मेदवारहरुका लागि भोट माग्न थालेका छन् ।
शनिबार मात्रै कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन वीरगञ्ज महानगरपालिका वडा नम्बर ९, १० र ११ का कार्यकर्ताहरुको सहभागितामा ठूलो जुलुस निकालेका थिए ।
चौरसिया एक ठाउँमा जुलुस निकाली रहँदा कांग्रेस पर्साका प्रभावशाली नेता एवं संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य वीरगञ्जका मेयर उम्मेदवार राजेशमान सिंह र उपमेयर उम्मेदवार इम्तियाज आलमसँग वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ मा घरदैलो गरिरहेका थिए ।
चौरसिया र अमात्य कांग्रेस पर्सामा रहेको दूइ समूहको नेतृत्व गर्छन । तर अहिले कांग्रेसको दुवै समूहले आपसी मतभेदलाई अन्त्य गर्दै गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन कसरत गरिरहेका छन् ।
गठबन्धनलाई विजयी बनाउने सिरसियाका वडाबासी पनि सकारात्मक छन् । सिंहले पनि स्थानीयसँग गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।
उपमेयरका उम्मेदवार आलमले वडाबासीले पूर्ण रुपमा गठबन्धनलाई नै साथ दिने विश्वास व्यक्त गरेका छन् । घरदैलोमा जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, जसपाका नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
पुष १७, २०८१ बुधबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार