वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी
नेपालबहस संवाददाता
बैशाख १९, २०७९ सोमबार २०:३:३
१९ वैशाख, महोत्तरी । लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीयतह चुनाव प्रचारमा जुट्न नसक्दा उमेदवारलाई छटपटी भएको छ । चिस्यान हुने गरी पानी परेपछि किसान खुसी भएका हुन् ।
“खेतबारी खनजोत र बालीनाली लगाउन सहज भएको छ” बर्दिबास नगरपालिका–९ पशुपतिनगरका महेन्द्र महतोले भने । वर्षापछि रुखिएको जग्गा खनजोत गर्न सहज भएको उनले बताए । वर्षाले बर्खे धान र कोदोको धुले ब्याड राख्न सजिलो भएको छ । तरकारी बाली लगाउन पर्याप्त चिस्यान भएको भंगाहा नगरपालिका–४ रामनगरका चन्देश्वर राय दनुवारले बताए ।
वर्षाले किसान खुसी भए पनि उम्मेदवार भने बिलखबन्दमा परेका छन् । लगातारको वर्षाले मतदाता भेट्न र चुनावी प्रचारको अभियान बढाउन नपाउँदा उम्मेदवारलाई छटपटी भएको छ । “वर्षाले प्रचार प्रसार गर्न अप्ठ्यारो भएको छ”, भंगाह–४ का वडाध्यक्षका उम्मेदवार गंगराम महतो भन्छन्, “खेतीपातीको समय छ, मतदाता घरमा कमै भेटिन्छन् ।”
वर्षाले ग्रामीण सडक हिलाम्य भएका छन् । वर्षाले चुनावी प्रचार अभियानमा बाधा पुगेको छ । बर्दिबास–७ का वडाध्यक्षका उम्मेदवार धनसिंह क्याप्छाकी भन्नुहुन्छ, “प्रचारमा वर्षाले असर गर्यो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा
पुष १६, २०८१ मंगलबार
किबीबाट जाम र वाइन, फल बिक्रीबाट भन्दा दोब्बर आम्दानी
पुष १५, २०८१ सोमबार
बेरोजगारी र परनिर्भरता अन्त्य गर्न व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
पुष १४, २०८१ आइतबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार