पैसा कमाउन राजनीतिमा नआउनुस् : बिजुक्छें
नेपालबहस संवाददाता
बैशाख १९, २०७९ सोमबार २०:७:५४
१९ वैशाख, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आफ्नो पार्टीको उम्मेदवारी नेपाली कांग्रेस र एमालेको दुई दलीय तानाशाहीविरुद्ध भएको बताएका छन् ।
निर्वाचन विचारको लडाई हुनुपर्ने भन्दै उनले जित्नकै लागि नेपाली कांग्रेसले नेकपा एकीकृत माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका पाँंच दलीय गठबन्धन बनाउनु र नेकपा एमालेले पनि राप्रपालगायतका दलहरूसँंग गठबन्धन गर्नु सिद्धान्तहिन राजनीति भएको बताए ।
‘राजनीति पद, पैसा र पावरको लागि गर्ने होइन, यो त देश र जनताका लागि गर्ने हो, नेपाल मजदुर किसान पार्टी ७ नम्बर वडा निर्वाचन परिचालन समिति भक्तपुरले सोमबार गरेको जनतासँंगको साक्षात्कार कार्यक्रममा बिजुछेेंले भने, ‘पैसा कमाउने भए राजनीति होइन, व्यापार व्यवसायमा लाग्नुहोस् ।’ उनले यस पटकको निर्वाचन देश बचाउने की नबचाउँने भन्ने दुई पक्षबीचकाे लडाई भएको बताए ।
एउटा पक्ष एमसीसी पास गरेर देश बेच्ने पक्षमा रहेको र अर्काे पक्ष एमसीसीकाविरुद्ध लागेर देश जोगाउने पक्षमा रहेको उनको भनाइ छ । आफूहरू एमसीसीको विपक्षीमा रहेर निरन्तर देश जोगाउने पक्षमा रहेको उनको भनाइ थियो । उनले एमसीसी पास गरिसकेपछि पनि आफूहरूको निरन्तर विरोध भइरहने जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार