बृद्धबृद्धाको साहारा बनेकी कविता वालिङको उपमेयरको उम्मेदवार
नेपालबहस संवाददाता
बैशाख १९, २०७९ सोमबार २०:४३:३
१९ बैशाख, वालिङ । एकादशी नुहाउन राम्दी गएको बेला भेट भएकी एक बृद्धाको दुःखको कहानी सुनेपछि वालिङकी कविता तिवारीको मन भक्कानियो । सानो उमेरमा नै श्रीमान् गुमाएकी पाल्पाको सेराकी ललितादेवी देवकोटा ३० बर्ष देखि राम्दीको सानो कच्ची कटेरोमा बस्दै आएकी थिइन् ।
साहारा भनेको आफूले काटेको बत्ती मात्रै भएको बताउदै उनले गरेको दुःखेसो तिवारीको मस्तिष्कमा अहिले पनि ताजै छ । देवकोटाको शनिवार मात्रै १०४ बर्षको उमेरमा निधन भएको छ ।
राम्दीबाट घर तर्फ फर्कदै गर्दा तिवारीको सोच आयो यही ठाँउमा एक व्यवस्थित बृद्धाश्रम बनाउछु । त्यतीबेला सुविधा सम्पन्न बृद्धाश्रम बनाउने कुरा गर्दा धेरैले असम्भव भन्दै कुरा सुनेको नसुन्यै गरे तिवारी सम्झिन्छिन ।
वालिङ १० भकुण्डेमा रहेको शिवपार्वती मन्दिरमा शिवपुराण लगाउने र त्यसबाट बचेको रकमबाट सुविधा सम्पन्न बृद्धाश्रम सञ्चालन गर्ने योजना साथीहरु बीच भयो र हामी अगाडि बढ्यो तिवारी भछिन्न । आज त्यो सपना साकार भएको छ । ५० जना बृद्धबृद्धाहरु सुविधा सम्पन्न बृद्धाश्रममा बस्छन् । बिक्रम संवत २०६५ तिरबाट शुरु गरिएको अभियान २०७३ मा साकार भएको तिवारीको भनाई छ । अझै पनि माथिल्लो तला सम्पन्न गर्न सकिएको छैन । सरकारी तथा बिभिन्न व्यक्तिहरुको सहयोगमा बृद्धाश्रम सञ्चालन भईरहेको छ ।
वालिङमा नै बृद्धाश्रम खोल्नु भएको भए हुने नी किन राम्दीमा बनाउनु भयो भन्ने प्रश्नमा तिवारी गम्भिर हुँदै भन्छिन्,‘कालीगण्डकीको तट र यातायातको पनि सुविधा भएकाले हामीले राम्दी रोजेका हौं ।’ राम्दीका साना साना कुटीमा बस्ने बेसाहारा बृद्धबृद्धाहरुलाई पनि आश्रय दिने उहाँको चाहाना पुरा हुन पाएकोमा तिवारी निक्कै हर्षित हुनुहुन्छ ।
प्रत्येक मंगलवार उनी कालीगण्डकीमा स्नान गर्न र बृद्धबृद्धाहरुलाई भेटघाट गर्न राम्दी पुग्छिन । बृद्धाश्रममा बिगत लामो समय देखि बस्दै आएकी की एक बृद्धा भन्छिन, उनको प्रयासका कारण हामी निक्कै सजिलोगरी बस्न पाएका छौं ।
आश्रममा सुबिधा सम्पन्न कोठाहरु शौचालय, तातो पानी सहितको स्नान घर,टेलिभिजन,भजनकिर्तन गर्ने कक्ष लगायत रहेकाछन् । उनीहरुलाई निरन्तर रेखदेखका लागि एक परिवार नै राखिएको छ ।
बृद्धाश्रमको साधारणसभाको समयमा तत्कालिन गल्याङ नगरपालिकाका मेयर भुपराज अधिकरीले भनेका थिए, ‘निरन्तर र एकल प्रयास जारी राख्ने हो भने सफलता मिल्ने रहेछ भने साथ दिने मान्छे पनि प्रसस्तै पाईदो रहेछ । म त्यही शैली अनुकरण गर्दैछु, कविता म्याडमबाट सिक्न धेरै छ ।’ बृद्धाश्रम सञ्चालनमा निरन्तर साथ दिएका वालिङ कै सविता भण्डारी भन्छिन, ‘हामी उहाँको मेहनत र निस्वार्थ भावनाले नै प्रभावित भएर साथ दिएका हौं ।’
पछिल्लो समय बृद्धाश्रममा बस्ने बृद्धबृद्धाहरुको पालनपोषण बिभिन्न मनकारी दानदाताहरुले दिएको दानबाट भईरहेको छ । हामी निरन्तर त्यस्ता दानदाताहरु खोजीरहन्छु र यसको बास्तविक अवस्थाबारे जानकारी दिन्छौं त्यसपछि दानदाताहरुको मन त्यसै पग्लिन्छ र दान आईहाल्छ तिवारीले थपे । तिवारीले नियमित रुपमा राम्दीमा नै रहेको गुरुकुलका बिद्यार्थीहरुलाई समेत आवश्यक सहयोग गर्दै आएकी छिन् ।
बृद्धाश्रम मात्रै होईन बिभिन्न उत्पादन र उत्पादकत्व बृद्धिमा रोजगराी सिर्जना गर्न सफल महिला उद्यमी कविता तिवारी गैह्रे अहिले नगर उपप्रमुखको उम्मेदवार बनेकी हुन्। समाजसेवा,उद्यमशीलतासँगै राजनीति समेत गर्दै आएकी तिवारी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी छिन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार