दाङमा स्थानीय निर्वाचनका लागि साढे ६ हजार जनशक्ति परिचालन
नेपालबहस संवाददाता
बैशाख १९, २०७९ मंगलबार २:२८:२८
१९ वैशाख, दाङ । दाङमा स्थानीय तह निर्वाचनका लागि साढे ६ हजार जनशक्ति परिचालन हुने भएको छ ।
निर्वाचना कार्यालयका अनुसार कर्मचारी र सुरक्षाकर्मी गरि साढे ६ हजार जनशक्ति परिचालन हुने भएको हो ।
३ हजार ६ सय ८८ जना कर्मचारी र ३ हजार सुरक्षाकर्मी गरि ६ हजार ६ सय ८८ जना जनशक्ति निर्वाचनमा खटिने भएका हुन् ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अनुसार ४ सय ८१ मतदान केन्द्रका प्रत्येक मतदान केन्द्रमा ८ जनाको दरले कर्मचारी खटिने छन् ।
एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य तीन जना कर्मचारी र ३ जना स्वयसेवक परिचालन हुने कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
निर्वाचनका लागि निजमाती कर्मचारी, शिक्षकहरु परिचालन हुदैछन । त्यस्तै नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरि ३ हजारको हाराहारीमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
थप सुरक्षाकर्मीहरु समेत तयारी अबस्थामा राखिने र आबस्यक पर्ने ठाउँमा तत्काल परिचालन गरिने योजना सहित सुरक्षा योजना तयार पारिएको प्रमुखद जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।
यसैगरी, नेपाली सेनाले बम डिस्पोजल टोलीलाई समेत तयारी अबस्थामा राख्ने बताएको छ ।
निर्वाचन सुरक्षा कार्य योजना बनाएर निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आवश्यक सबै तयारी पुरा गरेर सुरक्षाकर्मीहरु परिचालन गरिएको दाङमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
दाङमा ४ लाख ९ हजार ९ सय २ जना मतदाता रहेका छन् भने मतदान स्थल १ सय ५३ वटा र केन्द्र ४ सय ६१ निर्धारण भएको छ ।
मतदाताहरुलाई मतदाता परिचय पत्र बैशाख २८ र २९ गते सम्बन्धीत मतदान स्थलबाट बितरण गरिने छ । सोही दिन नै मतदाता शिक्षा समेत चलाईने निर्वाचन कार्यालयको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार