मेयरका महिला उम्मेदवारका प्राथमिकता, ‘सर्वोत्तम नगर र सुरक्षित शहर’
नेपालबहस संवाददाता
बैशाख १९, २०७९ मंगलबार ३:१७:२
१९ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गइरहेको बेला काठमाडौं महानगर पालिकाका मेयर र उपमेयरमा महिला उम्मेदवारहरु आफ्ना एजेण्डा जनतासामु पुर्याउन व्यस्त छन् । सबै उम्मेदवारका साझा जस्तै एजेण्डा छन् विकसित नगर र महिलाका लागि सुरक्षित शेहर ।
सोमबार शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प र महिला गैरासरकारी संस्था महासंघको संयुक्त आयोजनामा काठमाडौंमा सम्पन्न कार्यक्रममा उपस्थित उम्मेदवारहरुले काठमाडौंलाई उज्यालो बनाएर सबैको लागि सुरक्षित काठमाडौं बनाउने बताए ।
काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेससहितको गठबन्धनबाट मेयर पदमा उम्मेदबारी दिएकी सिर्जना सिंहले काठमाडौंलाई सफा, स्वस्थ, हराभरा बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
वर्षौंसम्म सक्रिय राजनीति गरे पनि कहिले पदको अपेक्षा नगरेको उनको भनाइ छ । महानगरको हकमा युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्ने,पर्यटकीय,व्यापारिक केन्द्र बनाउने,स्वदेशमै रोजगारको सिर्जना गरेर वैदेशिक रोजगारमा जाने क्रमलाई न्युनीकरण गर्ने लगायतका कामहरु प्राथमिकतामा राखेर काम गर्ने कांग्रेस नेतृ सिंहले बताइन् ।
संकल्पकी वरिष्ठ उपाध्यक्ष शोभा बस्नेतले संचालन गरेको कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट टोखा नगरपालिकामा मेयरको उम्मेदवार बनेकी रजनी थापाले महिलाले महिलाको खुट्टा तान्ने प्रवृत्ति त्यागेर हात तानेर माथि उठाउनुपर्ने बताइन् ।
कार्यक्रममा थापाले भनिन्, ‘महिलाको बाधक महिला नै हुन्छन् भनेर हामीमाथि आरोप छ । सासू,बुहारी,नन्द, अमाजु एकले अर्कोलाई साथ दिएर हिँड्ने हो भने हामीलाई कसैले रोक्न सक्दैन । यो अभ्यास घरबाटै सुरु गर्नुपर्छ ।’ महिला भएकै कारणले मत दिने नभइ भिजन र एजेण्डा हेरेर मत दिन उनले आग्रह गरिन् ।
आफूले जित हाँशिल गरे महिला शशक्तिकरण र हिंसा विरुद्ध लड्ने योजना बनाउने उनले बताइन् ।
त्यसैगरी,विवेकशील साझा पार्टी काठमाडौंबाट मेयरकी उम्मेदवार समिक्षा बाँस्कोटाले २५ वर्षमा महानगरले ठुला पार्टीका नेताबाट कुनै परिवर्तन नपाएकोले गुनासो पोखिन् ।
बाँस्कोटाले सार्वजनिक यातायातमा हुने हिंसाको न्युनीकरण,ढलको समस्या समाधान,सार्वजनिक शौचालय, ढुङ्गेधारा र सम्पदाको संरक्षण गर्नु आफ्नो पार्टीको उद्देश्य रहेको बताइन् ।
काठमाडौं महानगरकी एमाले उपमेयर उम्मेदवार सुनिता डंगोलले अग्रजहरुको आर्शीवाद लिएर नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बताइन् ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरबाट उपमेयरकी उम्मेदवार विनिता मगैयाँले समानताको लागि महिलाले राजनीतिमा धेरै भन्दा धेरै सहभागिता जनाउनु आवश्यक रहेको बताइन् ।
त्यस्तै कार्यक्रममा विवेकशील साझा पार्टीकी काठमाडौंमा उपमेयरकी उम्मेदवार कृति तुलाधार, राष्ट्रिय प्रजातन्त्र ललितपुर महानगर उपमेयर उम्मेदवार स्वर्णिमा शाक्य लगायतले पनि आआफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा महिला गैरसरकारी संस्था महासंघकी अध्यक्ष डा. शशी अधिकारीले महिला उमेदवारलाई जिताएर महिला जनप्रतिनिधीको संख्यामा उल्लेख्य वृद्धि गर्ने उदेश्यले संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार