कांग्रेस र एमालेको भिडन्तमा स्वतन्त्र उम्मेदवार गिरीको इन्ट्री
नेपालबहस संवाददाता
बैशाख २०, २०७९ मंगलबार १३:४:४
२० बैशाख, पर्वत । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुश्मा नगरपालिका ८ ,चुवा मा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका युवा राजेश गिरीले कांग्रेस र एमाले को मत काट्ने आँकलन गरिएको छ । राजनीतिक दलले आफ्नो स्वार्थका लागि मात्रै काम गरेको, चुवाको विकासको लागि काम नै गर्न नसकेको गिरीको आरोप छ ।
गिरीले आफूले चुनाव जिते पक्ष विपक्षको रुपमा नहेरी साझा नेतृत्व लिएर चुवाको आमूल परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । यता गिरीको उपस्थितिले कुन दललाई फाइदा र कुन दललाई घाटा होला भन्ने चर्चा पनि सुरु भएको छ ।
३० गते हुने मतदानमा गिरीले सामाजिक सञ्जालको मतलाई ‘ब्यालेट’ मा कति परिणत गर्न सक्छन् भन्नेचाहिँ हेर्न बाँकी नै छ । तर, उनको उपस्थितिलाई दुवै ठूला दलले चुनौतीको रूपमा भने लिएका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका गिरीले ‘धारो ’ चुनाव चिन्ह पाएका छन्। वडाध्यक्षका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र केसी, नेकपा एमालेका तर्फबाट कुल प्रसाद पोख्रेल र स्वतन्त्र रुपमा राजेश गिरी छन।
गिरीको बैचारिक क्षमता, सामाजिक कार्यको जोश र दलहरूका कमजोर प्रतिद्वन्द्वीका कारण उनी जितको नजिक रहेको आँकलन गरिन थालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार