बागलुङका साना दल यसरी मत माग्छन्…..
नेपालबहस संवाददाता
बैशाख २०, २०७९ मंगलबार १३:४५:५८
♦ रामबहादुर थापा
२० वैशाख, बागलुङ । कोखिलामा झोला बोकेर नौबिसेटोलतिर लखरलखर हिँडिरहेका थिए, भक्तबहादुर विक । सोमबार बिहानपखको कुरा हो । उनी एक्लै बागलुङ बजारका चोक, गल्ली चहार्दै चुनावी पर्चा बाँडिरहेका थिए। समर्थक र प्रस्तावकधरी विकसँग थिएनन्, जसले मनोनयन दर्तामा सघाएका थिए ।
“गरिब, दुखी, उत्पीडितको पार्टी हो, हामीसँग को हुन्छ र ? न खर्च गर्ने पैसा छ, न हाम्रापछि अरुकाझैँ कार्यकर्ता छन्”, उनले गुनासो बिसाए, “भ्याएसम्म घरघर पुगेको छु, बाटोमा भेटिनेसँग मत मागेको छु ।” विक नेपाल दलित पार्टीका तर्फबाट इनार चिह्न लिएर बागलुङ नगरपालिकाको प्रमुख पदमा चुनाव लड्दै छन् ।
उनीसँग चुनाव चिह्न अङ्कित सानो पर्चा र प्रतिबद्धतापत्र मात्र साथमा छ । अरुथोक परैको कुरा एउटा झण्डासमेत छैन । उनले चुनावी प्रचारका लागि आफूसँग पैसा नभएको बताए। ‘मानवता, श्रमिक समानता, लोकतन्त्र’ आर्दश वाक्य लिएर नेपाल दलित पार्टी चुनावमा होमिएको छ । छुवाछूत, भेदभाव, महिला हिंसाको अन्त्य, शिक्षा, स्वास्थ्य र रोजगारको सुनिश्चिततासहित दिगो विकासका मुद्दा उसको प्रतिबद्धतापत्रमा उल्लेख छन् ।
सो पार्टीले बागलुङ र ढोरपाटन नगरपालिका, काठेखोला गाउँपालिकालगायत स्थानीय तहमा आफ्ना उम्मेदवार उठाएको छ । ठूला दलहरुको आक्रामक चुनावी प्रचारबीच सामाजिक सञ्जाल र चिनेजानेका आफन्त, भाइसाथीसँग मत मागिरहेका अर्का उम्मेदवार हुन्, सुरज खड्का । उनी विवेकशील साझा पार्टीबाट बागलुङ नगरपालिकाको प्रमुख पदका लागि चुनावी मैदानमा छन् ।
“हामी त चुनावमा एक रुपैयाँ पनि खर्च गर्न सक्दैनौँ, सामाजिक सञ्जालबाट प्रचार गरिरहेका छौँ, चिनेजानेकालाई भेटेर अनुरोध गर्छौँ”, उनले भने, “ठूला पार्टीले जस्तो गर्नलाई हामीसँग सङ्गठन पनि छैन, स्रोतसाधन पनि छैन ।” सो पार्टीले बागलुङ नगरपालिकाबाहेक यहाँका अन्य स्थानीय तहमा उम्मेदवार खडा गरेको छैन । ‘भ्रष्टचारमुक्त समाज निर्माण हाम्रो अभियान, समतामूलक समुन्नतिका लागि तराजुमा मतदान’को आह्वानसहित विवेकशील साझा पार्टी चुनावमा छ ।
नेपाल कम्युनिष्ट पार्टी ९माले०का केन्द्रीय सदस्य मञ्जु क्षेत्रीको भनाइ पनि विवेकशील साझाका खड्कासँग मिल्दोजुल्दो छ । मालेले क्षेत्रीलाई नै बागलुङ नगरपालिकाको प्रमुखमा उठाएको छ । अरु पदमा उसका उम्मेदवार छैनन् । “ठूला दलले जस्तो तामझाम, तडकभडक गर्ने स्थिति हाम्रो छैन, जे अवस्था छ, जे सकिन्छ त्यहीअनुसार चुनावी अभियानमा लागेका छौँ”, क्षेत्रीले भने, “पार्टीको विचार जनताकहाँ लैजाने अवसर पनि हो चुनाव, हामीले त्यसरी पनि हेरेका छौँ ।”
चुनावी अभियानका नाममा धनराशि खर्च गर्ने ठूला दल र उम्मेदवारसँग साना दलको तुलना हुन नसक्ने उनको भनाइ छ । “पैसा खर्च गरेर भए पनि चुनाव जित्ने दाउमा ठूला दलहरु हुन्छन्, तर हामीसँग त्यस्तो केही छैन, विचार छ, योजना छन्, जनताले पत्याएर मत दिएछन् भने ठिकै छ, हेरौँ न ।”
यीबाहेक मङ्गोल नेशलन अर्गनाइजेशन, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चालगायतका साना दल चुनावी प्रतिस्पर्धामा छन् । कुनै दल अरुसँग गठबन्धन गरेर चुनाव जित्ने दाउमा छन् भने कोही एक्लै मैदानमा छन् । राष्ट्रिय जनमोर्चा सत्ता साझेदार (पाँच दलीय) गठबन्धनमा छ भने राप्रपा नेकपा (एमाले)सँग तालमेल गरेर स्थानीय तह चुनावको सामना गर्दैछ । राष्ट्रिय राजनीतिमा राजमोको हैसियत कमजोर भए पनि जिल्लामा भने उसको बलियो पकड छ ।
गठबन्धनको साझा उम्मेदवारका रुपमा राजमोले जैमिनी नगरपालिकाको प्रमुख, वरेङ गाउँपालिकाको अध्यक्षलगायतमा प्रतिस्पर्धा गर्दैछ । यस्तै काठेखोला र बडिगाड गाउँपालिकामा उपाध्यक्ष पाएको छ । अरु स्थानीय तहमा पनि वडा तहसम्मै उसको उम्मेदवारी छ । राप्रपाले उपप्रमुख लिएर बागलुङ नगरपालिकामा एमालेसँग चुनावी तालमेल गरेको छ । राप्रपाले गलकोट नगरपालिकालगायतका स्थानीय तहमा पनि उम्मेदवारी दिएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ढोरपाटन नगरपालिकासहित केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएको छ । नेकपा ( क्रान्तिकारी माओवादी) ले भने चुनाव बहिष्कार गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
साना दलका बाहेक स्वतन्त्र ढङ्गले उठेका उम्मेदवार पनि आ–आफ्नै तौरतरिकाले मत माग्न व्यस्त छन् । प्रचारमा तामझाम गर्न नसके पनि चुनावमार्फत हुने लोकतान्त्रिक अभ्यासप्रति उनीहरु इमान्दार देखिन्छन् । ठूला दलका रङ्गीचङ्गी झण्डा, नाचगान र भीडसहितको प्रचारशैलीसामु साना दलको आवाज मधुरो छ । उनीहरु चुनावमा तडकभडक गर्न सक्दैनन्, तर मनका सफा छन् । अफसोच १ त्यही निष्ठा र इमान्दारिताको चर्चा कम छ– सञ्चारमाध्यम, सामाजिक सञ्जालका भित्तादेखि घर–आँगन, चौतारासम्म । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार