राष्ट्रिय भलिबल : महिलातर्फ एपीएफको पहिलो जित
नेपालबहस संवाददाता
बैशाख २०, २०७९ मंगलबार २०:२४:११
२० बैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । विभागीय महारथी एपिएफको यो प्रतियोगितामा पहिलो जित हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सम्पन्न महिलातर्फको अन्तिम खेलमा एपिएफले आर्मीलाई २७–२५, १३–२५, २५–२१, २५–२३ को सेटमा पराजित । आर्मीको यो पहिलो हार हो ।
एपीएफ यसअघि नेपाल पुलिस क्लबसँग ३–१ को सेटमा पराजित गभएको थियो । आर्मीले भने पहिलो खेलमा एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको थियो ।
प्रतियोगितामा समान दुई खेल खेलेका एपिएफ र आर्मीले समान तीन अंक जोडेका छन् । यसअघि मंगलबारै भएको महिलातर्फको पहिलो खेलमा एभरेस्टले न्यु डायमन्डलाई ३–२ को सेटमा हराएको थियो ।
प्रतियोगितामा दुई खेल खेलेको एभरेस्टले एक र पहिलो खेल खेलेको न्यु डायमन्डले पनि एक अंक जोडेको छ । पाँच टिमको सहभागिता भएको महिलातर्फको खेलमा शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल भलिबल संघको आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिनमा पुरुषतर्फको पहिलो खेलमा आर्मी र गल्कोट स्पोर्टस् क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार