नारायणप्रसाद स्मृति बास्केटबल भोलिदेखि हुने
नेपालबहस संवाददाता
बैशाख २०, २०७९ बुधबार ३:७:२
२० वैशाख, काठमाडौं । क्वेस्ट इन्टरनेसनल कलेजको आयोजनामा पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ९ र महिलामा ५ टिमको सहभागिता रहने क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
पुरुषमा सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा क्वेस्ट, शुभश्री, मल्पी र गोल्डेनगेट तथा समूह ‘बी’ मा केसीएम, सायम ‘एसएआईएम’, जेभियर इन्टरनेसनल र नाथम ‘एनएटीएचएम’ र किस्ट रहेका छन् ।
महिलाको स्पर्धा राउन्ड रोविन लिगका आधारमा हुने छ । राउन्ड रोविनमा शीर्ष २ स्थान हान पर्ने टोली फाइनलमा प्रवेश गर्ने छन् । सहभागी टिमहरुमा क्वेस्ट, मल्पी, शुभश्री, नाथम र सायम छन् ।
पुरुषको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्ने छन् । महिलामा पहिलो हुनेले ३० हजार र दोश्रोले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुवैका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदसहित गिफ्ट ह्याम्परबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने क्वेस्टका एसोसिएट डाइरेक्टर आदर्श जोशीले जानकारी दिए । प्रायोजकमा कोकाकोला, सर्भा ट्राभल्स, ओम शान्ति टेलर्स र सम्पूर्ण प्रेस रहेका छन् ।
बैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु ग्वार्कोस्थित आयोजककै कोर्टमा खेलाइने छ । स्व. नारायणप्रसाद श्रेष्ठ क्वेस्टका संस्थापक निर्देशक थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार