तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
बैशाख २१, २०७९ बुधबार ११:४:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/rasifal-3_uYjiKXS1CE.jpg)
वि.सं.२०७९ साल बैशाख २१ गते । बुधबार । ईश्वी सन् २०२२ मे ०४ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैशाख शुक्लपक्ष । तिथि–तृतीया, बिहान ०५ बजेर ४५ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– मृगशिरा, रातको ०४ बजेर ३१ मिनेट उप्रान्त आद्र्रा । योग– अतिगण्ड, दिउँसो ०३ बजेर ५६ मिनेट उप्रान्त सुकर्मा । करण–गर, बिहान ०५ बजेर ४५ मिनेट उप्रान्त वणिज, बेलुकी ०६ बजेर ४४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–बृष, दिउँसो ३ बजेर १४ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २५ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेट । दिनमान ३३ घडी ०४ पला । ल.पु. मत्स्येन्द्रनाथ रथयात्रारम्भ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- गीतसंगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जाने छ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउने छ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगती गर्न सकिने छ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- अध्ययन तथा प्रतिस्पर्धामा तपाईको नाम एकक कदम अगाडी आउनेछ भने प्रतिस्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिने छ । राजनीति तथा समाजसेविहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेको छ । समयानुकुल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने हुनाले आर्थिक अवस्था सुदृड रहने छ । प्रेममा बिश्वासको वातावरण सिर्जना हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- आफन्त तथा अग्रजहरुसँग विवाद सिर्जना हुनेछ । गैर न्ययिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । मायाप्रेममा धोका हुनेछ भने पढाईलेखाईमा मन नजादा अरुभन्दा पछि परिने छ । तरपनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तीको लागि लामो दुरिको विदेश यात्रा हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउने छ । दाजुभाईको सहयोगले सवारी साधन जोड्न सकिने छ भने प्रेम तथा मित्रतामा आत्मियताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउने छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे):- पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउने छ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईको चुम्बकिय ब्यत्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो):- समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममूखि काम गर्न सकिने छ । धर्म तथा धर्म विस्तारको लागी समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईको भूमिका महत्वपूर्ण हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहने छ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- आफन्तको सहयोगले राम्रा काम गर्न सकिने छ । अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिने छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ भने आम्दानीका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिने छ । नसोचेको धन तथा सम्पती हात लागी हुने योग रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे धन आर्जन गर्न सकिने छ । लामो दुरिको यात्रा हुने योग रहेको छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पती जोड्ने समय रहेको छ । सामुहिक लगानी कर्ता भेला पारी सुरु गरिने व्यापार व्यवसाय फस्टाएर जाने तथा भनेजस्तो रुपैया पैसा कमाउन सकिने तथा जीवनस्तर सहज रुपमा अगाडी बढाउन सकिने छ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो हुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- मामा तथा मावलिबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिने छ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाईलेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको योग रहेको छ । साझको समय मध्यम रहेकोले भौतिक सम्पती वा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी):- समय राम्रो रहेकोले थोरै समयमा उपलव्धी मुलक कामहरु बन्नेछन् । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरु बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पती हात लागी हुनेछ । पढाईलेखाईकै सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नोकरीमा पदोन्नती हुने योग रहेको छ । सन्तान तथा आफन्तको सहयोग पाउदा मन प्रशन्न हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । काम तथा अध्ययनको सवालमा आमा तथा आफन्तबाट छुट्टिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । घर जग्गा तथा सवारीसाधनको खरिद बिक्रिबाट भनेजस्तो नाँफा कमाउन सकिने छ । साझको समय राम्रो रहेकोले मायाप्रेममा नजिक हुने समय रहेकोछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची):- बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरिको परिणाममूखि यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरुले राम्रो सफलता प्राप्त गर्न सक्ने छन् । उद्योग तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाँफा कमाउन सकिने छ । माया प्रेममाको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियाली छाउने छ । साझको समय मध्यम रहेकोले सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
माघ २२, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ १८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ १४, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार