भारतमा सन् २०२० मा ८१ लाख बढीको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बुधबार १३:५५:१६
२१ वैशाख एजेन्सी । भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले तयार पारेको तथ्यांकअनुसार सन् २०२० मा ८१ लाख २ हजार मानिसको मृत्यु भएको छ।
जुन सन् २०१९ को तुलनामा ६.२ प्रतिशत बढी हो। सन् २०१९ मा ७६ लाख ४ हजार मानिसको मृत्यु भएको थियो । जसमध्ये २०२० मा कोरोनाका कारण १ लाख ४८ हजार जनाको मृत्यु भएको थियो भने २०२१ मा यो संख्या ३ लाख ३२ हजार थियो । भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म देशमा ५ लाख २३ हजार ८८९ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
महाराष्ट्र, बिहार, गुजरात, पश्चिम बंगाल, आन्ध्र प्रदेश, तमिलनाडु, कर्नाटक, मध्य प्रदेश, राजस्थान, असम र हरियाणा जस्ता राज्यहरू २०१९–२०२० सम्म मृत्युको संख्यामा वृद्धि भएको छ । सन् २०१९ को तुलनामा सन् २०२० मा दर्ता भएका जन्म तथ्यांकमा पनि २.४ प्रतिशतले कमी आएको छ ।
सन् २०१९ मा जन्मेका मानिसको संख्या २ करोड ४८ लाख थियो, जुन २०२० मा घटेर २ करोड ४२ लाख पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
पुष १३, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
पुष १३, २०८१ शनिबार