निर्वाचनमा आचारसंहिताको पालना गरी तटस्थ भूमिका निर्वाह गर्न पत्रकार महासंघ लमजुङको आह्वान
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बुधबार १६:३१:११
२१ वैशाख, लमजुङ । नेपाल पत्रकार महासंघ लमजुङले आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न आह्वान गरको छ ।
महासंघले सधैँ साझा र तटस्थ भूमिका निर्वाह गरिरहेको सन्दर्भमा महासंघको गरिमा,साख र साझा चरित्रलाई बचाउने कार्यमा हरेक सदस्यको भूमिका महत्वपूर्ण रहीआएको महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले बताए ।
महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै निर्वाचन आचारसंहिता-२०७८ को प्रतिकुल काम नगर्न महासंघले आह्वान गरेको छ ।
महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्था अनुसार सोही समय देखि कायम रहेको पदबाट स्वतस् मुक्त हुन जाने निर्णय यस अघिको केन्द्रीय समितिको बैठकबाट भएको महासंघ लमजुङका सचिव रुद्रहरि ढकालले जानकारी दिए ।
निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युव र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार