नेकपा एसको घोषणापत्रमा आश्वासनः भ्यू टावरलाई कलेज बनाउनेदेखि कर पुरै मिनाहासम्म
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बुधबार १६:३८:२०
२१ वैशाख, बुटवल । राजनीतिक दलहरुले जारी गरेका चुनावी घोषणापत्रमा मनलाग्दी आश्वासन बाँडिएको छ । घोषणापत्रमा उल्लेख गरिएका कतिपय विषय काल्पनिक र असम्भव छन् ।
यसैक्रममा नेकपा एकीकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगर वनवाटिकामा निर्माण गरिएको भ्यू टावरलाई कलेज बनाउने आश्वासन दिएको छ । समाजवादीबाट तिलोत्तमाको मेयरमा उम्मेदवारी दिएकाी आशाकुमारी चौधरीले तिलोत्तमा नगरपालिकाले हालै निर्माण गरेको वनवाटिकास्थित भ्यू टावरलाई व्यवस्थापन कलेज बनाउने बताइन् । ’हामीले हाम्रो घोषणापत्रमा भ्यू टावरलाई व्यवस्थापन कलेज बनाउने योजना अगाडि सारेका छौं,’ उनले भनिन् ।
शंकरनगर वनवाटिका पर्यटकीय क्षेत्र हो । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न र नगरपालिकालाई वैकल्पिक आम्दानीको स्रोत गराउने उद्देश्यले वनवाटिकामा बहुउद्देश्यीय भ्यू टावरको निर्माण गरिएको थियो ।
भ्यू टावरमा कलेज सञ्चालन गर्न असम्भव हुने तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । ’भ्यू टावर पर्यटकीय आकर्षणका लागि बनाइएको हो, तर कलेजका लागि छुट्टै मापदण्ड र पूर्वाधार हुनुपर्छ, प्राविधिक अध्ययनबिना गरिने यस्ता घोषणाको अर्थ छैन्,’ उनले भने ।
केही दिन अघिमात्रै नेपाली कांग्रेसले तिलोत्तमा नगरपालिकामा जारी गरेको घोषणापत्रमा नगरपालिकाको प्रशासनिक भवनलाई अस्पताल बनाउने बताएको थियो । त्यसको पनि सर्वत्र आलोचना भएपछि कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणले यो विषय प्राविधिक अध्ययनको विषय भएको बताएका थिए ।
एकीकृत समाजवादीले ल्याएको घोषणपत्रमा तिलोत्तमामा सञ्चालित रोजगारी प्रदान गर्ने उद्योगलाई कर मिनाहा गर्ने उल्लेख छ । नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले एकातिर कर नगरपालिकाको आम्दानीको स्रोत भएको भन्दै कर मिनाहाले नगरपालिकाको विकास कसरी हुन्छ भन्दै प्रश्न गरे । ’करका दरहरू बढी भए पुनर्विचार गर्न सकिने अलग कुरा हो, तर पुरै मिनाहा गर्छु भन्ने कुरा घोषणापत्रमा लेख्नु काल्पनिक बाहेक केही होइन,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
हिउँ बिनाको सिस्ने हिमाल
पुष ७, २०८१ आइतबार
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते
पुष ७, २०८१ आइतबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार