चन्द नेतृत्वको नेकपा विभाजित, विद्रोही नेताहरुले नयाँ पार्टी घोषणा गर्दै
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बुधबार १७:७:२७
२१ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको विषयबाट सुरु भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अन्तत विभाजनको मोडमा पुगेको छ । असन्तुष्ट पक्षका नेताहरुले बुधबार (आज) चितवनमा भेला आयोजना गरी नयाँ पार्टी घोषणाको तयारी गरेका छन् ।
चुनावको विषयले विवाद गर्दै गएपछि विप्लवले कारबाही गरेका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाव वलीको नेतृत्वमा चितवनको पर्सामा आजदेखि राष्ट्रिय भेला सुरु हुन लागेको हो ।
भेला तीनसम्म चल्ने र एकताको आहृवान गर्दै नयाँ पार्टी घोषणा गर्ने बताइएको छ । एकताको आहृवान गर्दै नयाँ पार्टी बनाउन, अरु पार्टीसँग एकता गर्ने लगयतका विषयमा छलफल भइरहेको बताइएको छ ।
पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै विप्लवले १४ वैशाखमा दुई नेतालाई पार्टीबाटै निस्कासन गरेपछि विभाजन लगभग निश्चित नै भइसकेको थियो । नयाँ पार्टीको नाम के राख्ँने भन्नेबारे आधिकारी निर्णय भने नभएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार