निकम्मा नेतृत्वका अगाडी नतमष्तक नबनौ, बिरोध र प्रतिकार गरौँ
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बुधबार १७:२६:२
♦ यज्ञ भट्टराई
२१ बैशाख, काठमाडौं । समय परिवर्तनशील छ । समयसँगै प्रकृति पनि परिवर्तनशील छ । हरेक चराचर जगत परिवर्तनशील छ । यो हामीले भोग्दै, अनुभव र महशुष गर्दै आइरहेको कुरा हो । यसले मानव जडचेतनामा पनि प्रभाव पारिरहेको हुन्छ । मान्छे यथार्थमा उसको कर्मको आधारमा मानव हुन्छ । महामानव हुँदै लर्ड र गड हुन्छ । यो सकारात्मकताको एउटा उदाहरणीय पाटो हो । विश्वमा धेरै मानिसहरु मानव हुदैं महामानवको सिढी उक्लिएका धेरै उदाहरणहरु सुन्न र पढन पाइन्छ । यसले बर्तमानका मानिसहरुलाई सोही मार्गमा हिडने मार्गचित्र समेत प्रस्तुत गरिरहेको हुन्छ ।
मानिसको कर्मले जसरी भगवानसम्मको यात्रा तय गरेको देखिन्छ त्यसैगरी महादानवसम्मको अवस्थासम्म झरेका उदाहरणहरु समेत इतिहाँसदेखि किम्बदन्तीहरुसम्म प्रसस्तै पढन र सुन्न पाइन्छ । दानव कुनै अर्को लोकबाट झरेको बैकल्पिक शक्ति होइन उ त यहि लोकमा जन्मिएर आफ्नो कर्मको कारणले आसुरी शक्ति तर्फ अग्रसर हुँदा प्राप्त गरेको उपलब्धि या उपनाम मात्रै हो । यथार्थमा संसारमा राम्रा काम गर्नेहरु भगवानसम्म कहलाए भने नराम्रो काम गर्नेहरु दानवसम्म बन्न भ्याए ।
अहिले पनि हामीकहाँ मानव र दानवरुपी स्वभाव र ब्यवहार भएका मानिसहरु प्रसस्तै देखिन्छन् भेटिन्छन् । अहंकारको उपल्लो सिढीँ चढीसके पछि वास्तवमा मानव दानव बन्छ । उसले हिजोको आफ्नो अवस्था र समस्या बिर्सिन्छ । आफुले गरेका व्यवहार र त्यसमा आफुलाई ब्यक्ति, समाज र राष्ट्रले लगाएको गुन बिर्सिन्छ । केवल म आफैँ एक्लै आफ्नै बलबुताले मात्रै बर्तमानको अवस्थामा आइपुगेको हुँ भनेर जसमा घमण्ड पलाउँछ वास्तवमा अब उसमा मानवीय गुणको क्षयिकरण भएर दानवीय स्वभावको प्रादुर्भाव भएको मान्न सकिन्छ ।
इतिहाँसकै कालखण्डमा शुद्धोधन जोगी भएको र नवराज राजा भएका किम्बदन्तीहरु पनि नसुनिएका होइनन् । राम र रावणले सँगसँगै राज्य गरेका देखि धर्मराजका छोरा समेत दुर्योधनका फेला परेकासम्मका कथाहरुले चिरकालसम्म राजनीतिदेखि धार्मिक र सामाजिक संरचनाको आधार यसरी नै निर्माण हुदै जानेछ भन्ने कल्पनाको एउटा अनुपम उदाहरणका रुपमा लिन सकिन्छ । रत्नाकर डाकु बाल्मिकी बन्नेदेखि भगवान कृष्णका अतिपृय साथी नै भिखारी बन्नेसम्मका कथाले हामीलाई मानवले आफुलाई जस्तो सोचमा परिवर्तन गर्न चाह्यो त्यहि अनुरुप बन्दै जान सक्छ भन्ने अनुमान मात्रै लगाउन सकिने देखिन्छ ।
बिगतदेखि बर्तमान सम्मको आर्थिक, सामाजिक र राजनैतिक इतिहाँसको अध्ययन गर्दा शक्तिले सत्यलाई परास्त गरेको देखिन्छ । देवताहरुलाई दावनले हराएर स्वर्गको राज गरेदेखि रावणले स्वर्ग जाने सुनको लिस्नो बनाउनेसम्मका उदाहरणहरुले सत्यलाई शक्तिले चुनौति दिएको हो भन्ने अनुमान लगाउन सकिन्छ । यो प्रथा र परम्परा हिजो हाम्रा पितापुर्खा हुँदै अहिले हामीसम्म आइपुगेकोछ र अझै जुगौंपछि सम्म समेत यसरी नै चलिरहन्छ ।
नेपालको राजनीतिक परिवेशमा नेताले शिद्धान्त प्रतिपादन गरेका र त्यसलाई जनताले अनुमोदन गरेका धेरै उदाहरणहरु छन् । विश्वेश्वर प्रसाद कोइरालादेखि पुष्पलाल हुँदै मदन भण्डारीसम्म आइपुग्दा उनिहरुले प्रतिपादन गरेका राजनैतिक शिद्धान्त र बिचारहरु जनपृय र सर्वस्विकार्य बन्दै नेपाली राजनीतिमा प्रयोग भैरहेका देखिन्छन् । यसलाई बिचारको राजनीति भनिन्छ जसमा कसैको बिचार र शिद्धान्तलाई जनताले विश्वास गर्छन् र साथ दिन्छन् । यहाँ मैले उठाउन खोजेको बिषय चाँहि अलि फरक प्रकृतिको रहेको छ ।
अहिले नेपालको राजनीति शिद्धान्तका आधारमा नभई पहुँच र पैसाका आधारमा चलिरहेको छ । जोसँग धेरै पैसा छ उसैले देशको राजनीतिलाई प्रत्यक्ष वा परोक्ष रुपमा प्रभाव पारिरहेको देखिन्छ । हिजो सायद यस्तो घृणित खेल राजनीतिमा हुन्थ्यो भने विश्वेश्वर प्रसाद कोइराला कहिल्यै यो देशको प्रधानमन्त्री बन्न सक्ने थिएनन् । राजनीतिमा बिचारको ब्यापार गर्न पाइन्छ, बिचारले नै नागरिकलाई आफ्नो पक्षमा आकर्षण गर्ने हो । अरुको भन्दा पृथक बिचार लिएर आउनेहरुलाई पनि जनताले सहर्ष स्विकार गरेका छन् । तर बर्तमान नेपालको राजनीतिक धरातल बिचार र शिद्धान्तको आधारमा चल्न नसकेर अलि तलसम्म ओर्लिएको छ जसलाई स्वयं दलहरुले गठबन्धन शब्दको प्रयोग गरिरहेका छन् ।
राजनीतिक शिद्धान्त र बिचार एकल हुँदा जुन रुप र सारमा हुन्छ, संयुक्त हुँदा त्यसको रंग, रुप र सार त्यहि हुदैन । रातो रंग र हरियो रंगलाई एकै ठाउँमा मिसाउदा त्यसले दुबैको अस्तित्व गुमाउँछन् र नयाँ रंगको आकार लिन्छन् । अहिले बिभिन्न दलहरुको समिश्रणले यहि रुप र आकारको झल्को दिईरहेका देखिन्छन् ।
माक्र्स, लेनिन र माओले प्रतिपादन गरेको कम्युनिज्म र वीपी.कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजबादको समिश्रण हो अहिलेको देउवा र प्रचण्ड गठबन्धन । राजनीतिमा जव पदका लागि बिचार र शिद्धान्तको बिक्री गरिन्छ, जब कुनै ब्यक्तिका स्वार्थका लागि आम नेता तथा कार्यकर्ताहरुलाई बलीको बोका बनाईन्छ त्यसलाई अवसरबादी नेतृत्व भनिन्छ । यस्ता अवसरबादी नेतृत्वले समय आउनासाथ निर्वाचनमा टिकट बेच्छन्, नियुक्तिका बेला जागिर बेच्छन्, राजदूत जिएम, बेच्छन्, सदुपयोग र दुरुपयोग आयोगका पदाधिकारी बेच्छन्, पुलिस र सेनाका पद बेच्छन्, मन्त्री र मौका परे प्रधानमन्त्री पद बेच्छन्, जनता बेच्नु त सामान्य कुरा हो यीनिहरुले पैसाका लागि सिंगो देश बेच्छन् ।
त्यसैले यस्ता अवसरबादी नेतृत्वका बिरुद्धमा, पार्टी बिधान र नीतिका बिरुद्धमा गरिने अनैतिक र अप्राकृतिक गठबन्धन र गँठजोडका बिरुद्धमा आवाज उठाउनु पर्छ उठाई रहनु पर्छ । यसले बर्तमानमा आफ्नो निहित स्वार्थ पूर्ति गर्ने केहि अवसरबादीहरुलाई घाटा पर्ला तर दीर्घकालमा सिंगो पार्टी संगठन, बिचार र शिद्धान्तलाई राहत पुग्नेछ । बिचार मारेर पद प्राप्त गर्ने धृष्टता बोकेका अवसरबादी पदलोलुप निकम्मा नेतृत्वका अगाडी नतमष्तक भएर नमस्कार गर्नुभन्दा यस्ता फोहोरी हर्कत गर्नेहरुलाई तिरस्कार र प्रतिकार गरेर स्वाभिमानका साथ जीउनु उत्तम हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार