दुःखले कमाएको सम्पत्ति लहैलहैमा लागेर नडुबाऔ
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार १८:२:१२
♦ अनुसा थापा
२१ बैशाख, काठमाडौं । सधैं भीडभाड हुने मालपोत र यातायात कार्यालय केही समययता सामसुम भएको छ । घरजग्गा र गाडी किन्ने सर्वसाधारणको संख्या स्वाटै घटेपछि यी दुई कार्यालय रित्तिएको हो । जबसम्म बैंकफाइनेन्सले कर्जा दिइएको थियो तब यी कार्यालयमा खुट्टा टेक्ने ठाँउ हुदैनथ्यो । तर, अहिले वित्तिय संस्था आफै टाट पल्टिएको छ भने कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छैन् ।
जसका कारण मालपोत र यातायात सुनसान भएको बुझिएको छ । व्यक्तिसंग भएको पैसा घरमै लुकाउन थालिएको छ । वित्तिय संस्थामा लगेर पैसा जम्मा गर्ने शून्य बराबरमा झरेको छ । जसले गर्दा जग्गा र सवारी साधन कारोबारमा मन्दी आएको हो । तीन महिनाअघि एउटा मालपोतमा दैनिक थुप्रै घरजग्गा नामसारी हुन्थ्यो । तर, अहिले तीन भागमा एक भाग पनि नामसारी नभएको बताइन्छ । जसले गर्दा राजस्वमा समेत ठूलो धक्का लाग्ने देखिन्छ ।
सास फेर्न भ्याइनभ्याइ नहुने मालपोत र यातायातका कर्मचारी फुर्सदिलो भएका छन् । खाजा खानसमेत समय नहुने ती कर्मचारीहरु अहिले कामविहिन बनेका छन् । मालपोत र यातायातमा निवेदन लेख्ने लेखनदासहरु समेत भौतारिरहेका छन् । काम नपाएर उनीहरु शिथिल भएका छन् ।
बुवाआमाले छोराछोरीलाई आफ्नो अधिनमा राखेनन् भने छोरीछोरी बिग्रिन्छ । बैकफाइनेन्सलाई सरकारले आफ्नो अधिनमा राख्न नसक्दा उनीहरु पनि गलत बाटो हिडे । गलत बाटोमा हिडिसकेको वित्तिय संस्थालाई अब सरकारले कसरी ट्रयाकमा ल्याउछ ?
कोही आइहाल्छन् भन्ने अपेक्षाले निहुरो अनुहार पारेर बसेका छन् । छेउछाउ भएका खाजाघर, फोटो स्टुडियो, किराना पसलेको व्यापार पनि स्वाटै ओरालो लागेको छ । ग्राहक नै नभएपछि उनीहरुको व्यापारमा पनि मन्दी आएको हो । ग्राहकहरुको सहजीकरणका लागि खुलेका लेखनदासहरुको आम्दानी ठप्प भएको छ । आम्दानी नहुँदा अफिस भाडा तिन नसकेको उनीहरुको गुनासो छ । यता, घरजग्गा र सवारी साधनको मूल्य घटेकाले प्रायजसो चिन्तित भएका छन् । बैंकबाट लिएको कर्जा कसरी तिर्ने होला ? भन्ने पीरले उनीहरुलाई पिरोलिरहेको छ । आफ्नो लगानी डुब्ने हो कि भन्ने डर उनीहरुको अनुहारमै देखिन्छ ।
अहिले घरजग्गा बेच्ने यत्तिकै छन् तर किन्ने कोही पनि छैनन् । यता, मालपोतका कर्मचारीहरु अंशबण्डा गर्ने फाट्टफुट्ट मात्र मालपोतमा आउने गरेको बताउछन् । जग्गा किनबेचकै लागि भनेर कोही नआएको उनीहरुको भनाइ छ । व्यवहारिक कुरा मिलाउने मात्रमालपोतमा आउने गरेको लेखनदासहरु बताउछन् । घरजग्गाको किनबेच नै ठप्प भइसकेको छ, उनीहरुले भने । जग्गा दलालीहरु पनि कामविहिन भएका छन् । बिचमा बसेर पुलको काम गर्ने जग्गा दलालीहरु कमाइ नभएर रन्थनिएर हिडेका छन् ।
पहिले पो यता र उता दुवैतिरबाट कमिशन खान पाइथ्यो । अहिले त कारोबार नै छैन,् कहाँबाट कमिशन खानु ? ६ महिना अघिसम्म एउटा घरजग्गा मिलाएबापत तीनदेखि १० लाखसम्म कमिशन खान्थे । तर, अहिले कमाइ नभएसम्म उनीहरुसंग चिया खाने पैसा पनि छैन् । जग्गाका ठूल्ठूला कारोबारीहरु ऋण तिर्न नसकेर लुकेर हिडेका छन् । जग्गा प्लानिंग गर्ने अहिले खोजेर पनि भेटिदैनन् । केही महिनाअघि प्रतिआना एक करोडसम्म बिक्री भएको जग्गालाई २५ लाख लगानी गर्ने पनि कोही पनि छैनन् ।
जग्गाको मूल्य अझ घट्छ भनेर पैसा हुनेले समेत किन्न खोजिरहेका छैनन् । यता, अर्थविद्हरुले बैंकमा तरलता अझै लम्बिन सक्ने अनुमान लगाएका छन् । चुनावपछि मुलुक थप आर्थिक संकटको दलदलमा फस्ने उनीहरुको भनाइ छ । सर्वसाधारणले आफुसंग भएको पैसा वित्तिय संस्थामा लगेर राख्नेवाला छैनन् । बैंकसंग थप कर्जा लगानी गर्न सक्ने क्षमता छैन् । त्यसैले, घरजग्गाको मूल्य अझ पनि घट्छ ।
विदेशी ऋण झन्झन् बढिरहेको छ । ऋण लिएर तलबभत्ता, सरकारी गाडी र सेवासुविधा रोकौ । प्रत्येक दिन नेपालीको टाउकोमा ऋणको भारी थपिदै गएको छ । अझै पनि ऋण लिएर तलबभत्ता दिने हो भने नेपाल नै नरहने दिन आउन सक्छ । अब जनता पनि चनाखो हुनुपर्छ ।
बिचको केही वर्षमा घरजग्गाले राम्रो मूल्य पायो । बैंकले नाफा हुनुञ्जेल घरजग्गामा जथाभावी लगानी गप्यो । तर, देशमा आर्थिक संकट देखिन थालेपछि वित्तिय संस्था आफै टाट पल्टियो । जसले गर्दा घरजग्गाको किनबेचमा कमी आयो भने बैंकलाई आफ्नो लगानी उठाउनसमेत हम्मेहम्मे परेको छ । घरजग्गा कारोबार फेरि उही गतिमा आउन अझ १० वर्ष लाग्ने आंशका गरिएको छ । बैंक र सहकारीलाई कडाइ गर्न नसक्दा जथाभावी लगानी गर्ने काम भयो । नेपाल राष्ट्र बैंक, सहकारी विभाग र अर्थ मन्त्रालय हातमा हात बाँधेर बस्दा मुलुक नै तहसनहस बन्यो ।
पहिल्यै अंकुशे लगाइदिए भए यसरी आँखा चिम्लेर लगानी गर्ने काम हुदैनथ्यो । रातारात धनी बन्नका निम्ति बैंक र सहकारीले निकै गलत काम गप्यो । बुवाआमाले छोराछोरीलाई आफ्नो अधिनमा राखेनन् भने छोरीछोरी बिग्रिन्छ । बैकफाइनेन्सलाई सरकारले आफ्नो अधिनमा राख्न नसक्दा उनीहरु पनि गलत बाटो हिडे । गलत बाटोमा हिडिसकेको वित्तिय संस्थालाई अब सरकारले कसरी ट्रयाकमा ल्याउछ ? बैंक र सहकारीले कर्जा उठाउन सकिरहेको छैन् । उता, धितो लिलाम गर्नलाई किन्ने व्यक्ति पनि कोही छैनन् ।
मनलाग्दी कर्जा प्रवाह गर्दा बचतकर्ताहरु डुब्ने अवस्थामा आइपुगेका छन् । बचतकर्ताको रकम फिर्ता गर्न नसकेर किस्तामा लैजान आग्रह गरिरहेका छन् । राख्ने कोही छैन् निकाल्ने यत्तिकै छ । हिजो बढी व्याज दिन्छु भनेर प्रलोभन देखाई जनताको पैसा लियो । तर, अहिले फिर्ता गर्न सकिरहेको छैन् । बजारबाट पैसा उठाउन नसक्दा सहकारीबाट खटाइएका जनप्रतिनिधिहरुको जागिर गइसकेको छ । सहकारीले सबैभन्दा बढी रकम उठाउने भनेकै बजारबाट हो । बजारबाट पैसा उठ्न छाडेपछि सहकारीहरु पनि बन्द हुने अवस्थामा आइपुगेका छन् ।
अझै पनि ऋण लिएर तलबभत्ता दिने हो भने नेपाल नै नरहने दिन आउन सक्छ । अब जनता पनि चनाखो हुनुपर्छ । सरकारले गरेको गलत कामको विरोधमा जनताले औलो उठाउनुपर्छ ।
बैंक र सहकारीको कूल पुँजीको आधाभन्दा धेरै हिस्सा घरजग्गाले ओगटेको छ । घरजग्गाको मूल्य चकिदै जान्छ, हामी रातारात धनी बन्छौ भन्ने अंहकार सोचाइले आज उनीहरुलाई नै डुबाएको छ । बजार सधैं एउटै दिशामा हिड्दैन् । आज बढेको सामानको मूल्य भोलि घट्न सक्छ भनेर वित्तिय संस्थाहरुले सोचेनन् । यस्तै पाराले अबको एक वर्षमा धेरै वित्तिय संस्थाहरु बन्द हुने निश्चित छ ।
सरकारले पाँचसय र दुई हजारको नोटमा प्रतिबन्ध नलगाउदा अर्थतन्त्र थप जटिल हुने देखिन्छ । ठूला नोटमा प्रतिबन्ध लगाउने हो भने कालो धन सबै बाहिर आँउछ । उता, व्यक्तिले आफ्नो सिरानमुनि लुकाएर राखेको पैसा पनि बजारमा आँउछ । तरपनि, अर्थ मन्त्रालय र राष्ट्र बैंक गुपचुप बसेको छ । व्यापार घाटा बढेको र जनताले कर तिर्न छोडेको कुरा लुकाएर लुक्दैन् । पहिले एक वर्षमा हुने व्यापार घाटा अहिले आभा वर्षमै हुन्छ । उता, सरकारी कर्मचारी तलब र सेवासुविधा आधा कटौती गर्नुपर्ने बेला भएको छ । जेष्ठ नागरिकलाई दिने भत्तामा पनि अंकुशे लगाउने पो हो कि ?
विदेशी ऋण झन्झन् बढिरहेको छ । ऋण लिएर तलबभत्ता, सरकारी गाडी र सेवासुविधा रोकौ । प्रत्येक दिन नेपालीको टाउकोमा ऋणको भारी थपिदै गएको छ । अझै पनि ऋण लिएर तलबभत्ता दिने हो भने नेपाल नै नरहने दिन आउन सक्छ । अब जनता पनि चनाखो हुनुपर्छ । सरकारले गरेको गलत कामको विरोधमा जनताले औलो उठाउनुपर्छ । च्याउ उम्रेजसरी वित्तिय संस्था खोल्न दिदाँ लाखौ सर्वसाधारण सडकमा आउने भए । एक दर्जन वित्तिय संस्था भए पुग्ने ठाँउमा हजारौ खोल्ने अनुपति दिने सरकार हो ।
सरकारले गरेको गल्तीको भर्पाइ हामी नेपालीले भोग्नुपर्छ । आफ्नो खातामा भएको पैसा नपाउदा बचतकर्ताहरुको ‘दिनको भोक र रातको निद्रा’ दुवै हराएको छ । बैंक र सहकारीले विश्वासनियता गुमाइसकेको छ । होडबाजीमा खोलिएको वित्तिय संस्थाका कारण धेरैको उठीबास हुने कुरा छोपेर छोपिदैन् । बढी व्याज दिने लोभमा नेपाली जनता नपरौ । व्याजको लोभमा साहु नै जोखिममा पर्ला ।
घरजग्गा, सेयर र निजी सवारीसाधनको मूल्य बढ्छ भनेर जग्गा दलालीले फसाउन सक्छन् । उनीहरु आफु बच्नका निम्ति नयाँको खोजीमा छन् । आम नागरिक हरु आफैले पनि ख्याल गर्ने बेला आएको छ । रगतपसिना गरेर कमाएको सम्पत्ति दलालीको पछाडि लागेर नडुबाऔ । डुबिसकेपछि त्यो फर्केर आउदैन् । त्यसैले, सबैजना यसमा होसियार रहौ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार