विक्की भन्छन्, ‘कट्रिनालाई पत्नीको रुपमा पाउनु भाग्यमानी ठान्छुु ’
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बुधबार १७:४५:९
२१ बैशाख,काठमाडौं। एक्टर विक्की कौशलले आफूले कट्रिना कैफलाई पत्नीको रुपमा पाउनुमा भाग्यमानी महसुस गरेको बताएका छन् ।हेल्लो म्यागजिनसँगको कुराकानीमा विक्कीले कट्रिनासँग हरेक दिन केही न केही सिक्ने गरेको बताएका छन् । ‘मैले कट्रिनालाई जीवनसाथीको रुपमा पाउनुको खुशी शब्दमा व्यक्त गर्न सक्दिनँ । उनले व्यक्तित्वको प्रभाव मेरो जीवनको हरेक पक्षमा परेको छ । बुद्धिमानी र दयालु छिन् कट्रिना’ विक्कीले कुराकानीको क्रममा भनेका छन् ।
उनले कट्रिनाको आगमनसँगै आफूमा पोजिटिभिटी बढेको समेत बताए । ‘उनी निकै अनुशासित छिन् । उनले हरेक आरोह अवरोहलाई सकारात्मक रुपमा लिने गरेकी छिन्’ विक्कीले भने । गत वर्षको डिसेम्बरमा कट्रिनासँग विक्कीले विवाह गरेका थिए । त्यसयता पहिलोपटक विक्कीले विवाहको बारेमा कुराकानी गरेका हुन्।
विक्की पछिल्लो समय ‘गोविन्दा तेरा नाम’ फिल्मको काममा व्यस्त छन् । यस्तै , कट्रिना टाइगर ३ , फोन भुत लगायतका प्रोजेक्टमा व्यस्त छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचर्चित गायिका सम्झना योङहाङ लिम्बू भ्वाइस अफ नेपालमा सहभागी
माघ ६, २०८१ आइतबार
सन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म
पुष १७, २०८१ बुधबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार