तरलता चापले वित्तिय क्षेत्रमा संकट, बैंकहरुले राखेको लगानी लक्ष्य साढे ७ खर्ब जुटाउन मुस्किल
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बुधबार १८:१०:३
२१ वैशाख काठमाडौं । बैंक तथा वित्तिय क्षेत्रमा लामो समयदेखि कायम रहँदै आएको तरलता (लगानी योग्य रकम)को अभाव लम्बिने सम्भावना कायमै रहेपछि बैंकहरुले आगामी आर्थिक वर्षमा लगानीका लागि राखेको लक्ष्य अनुसार रक नपुग्ने जनाएका छन् ।
चालु आर्थिक वर्षको सुरुदेखि वित्तीय क्षेत्रले भोग्दै आएको तरलता समस्या आगामी आर्थिक वर्षमा पनि समाधान नहुने संकेत देखिएको भन्दै बैंकहरुले आगामी आर्थिक वर्षमा पनि चाहे अनुसार लगानी गर्न नसकिने बताएका छन् ।
नेपाली अर्थतन्त्रको आगामी दिशा विषयमा बुधबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बैंकरहरुले यस्तो धारणा राखेका हुन् । चालु आर्थिक वर्षको अन्त्यमा पनि तरलता अवस्थामा सुधार नआउने चर्चा चलिरहेको समयमा बैंकरहरुले आगामी वर्षमा पनि यो समस्या यथावत रहने संकेत देखिएको बैंकर्स संघको ठहर छ ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले करिब साढे ४ खर्ब रुपैयाँ बराबर कर्जा प्रवाह गरिसकेको अवस्थामा करिब १ खर्ब ६० अर्ब रुपैयाँ मात्र निक्षेप संकलन भएको वक्ताहरुले बताएका छन् ।
आगामी आर्थिक वर्षका लागि करिब १५ प्रतिशतको मात्र कर्जा विस्तारको लक्ष्य राख्दा पनि वित्तीय क्षेत्रलाई करिब साढे ७ खर्ब रुपैयाँ चाहिने र त्यो सबै स्रोत बैंकले जुटाउन नसक्ने देखिएको छ । यसका लागि राज्य स्तरबाटै विशेष पहल जरुरी रहेको बैंकरहरु बताउँछन् ।
चालु आर्थिक वर्षमा पनि बैंकहरुले कुल कर्जाको करिब ५० प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गरेको दाबी गरेअनुसार विदेशी मुद्रामा ऋण लिन सक्ने सुविधाको उपयोग गर्न नसकको उनीहरुको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार
नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार